emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्र स्थिर शासन सम्भवL उपेन्द्र यादव

source e-Madhesh २०८२ माघ १९ गते , सोमबार
0
Shares
47
Views
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्र स्थिर शासन सम्भवL उपेन्द्र यादव

ईमधेश न्यूज सम्वाददाता,
सप्तरी, १९ माघ । 
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गरे मात्र देशमा स्थिर, बलियो र जवाफदेही शासन व्यवस्था स्थापित हुन सक्ने दाबी गर्नुभएको छ ।
सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका अध्यक्ष यादवले आइतबार चुनावी अभियानका क्रममा वर्तमान संसदीय अभ्यासले राजनीतिक अस्थिरता जन्माएको भन्दै शासन प्रणालीमै सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले बारम्बार सरकार फेरिने, नीति तथा योजना अलपत्र पर्ने अवस्था देशका लागि घातक बनेको उल्लेख गर्नुभयो ।
अध्यक्ष यादवले भन्नुभयो, “प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले शासनलाई स्थिर मात्र बनाउँदैन, जनताप्रति प्रत्यक्ष उत्तरदायी पनि बनाउँछ । शक्तिको स्रोत पार्टी होइन, जनता हुन्छन् ।” उहाँका अनुसार यस प्रणालीमा संसद् पूर्ण रूपमा समानुपातिक र समावेशी प्रतिनिधित्वमा आधारित हुनेछ, जसले मधेशी, आदिवासी जनजाति, दलित, महिला, थारू, मुस्लिम तथा सीमान्तकृत समुदायको न्यायोचित सहभागिता सुनिश्चित गर्नेछ ।
विगतमा शासन प्रणालीकै कमजोरीका कारण दर्जनौँ सरकार परिवर्तन भएको स्मरण गर्दै यादवले त्यसले विकास, सुशासन र आर्थिक सुधारमा गम्भीर असर पारेको जिकिर गर्नुभयो । चुनाव नजिकिँदै जाँदा जसपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलाई प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान