ई-मधेश न्युज
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
ईमधेश न्यूज सम्वदातदाता,
राजविराज, २७ चैत ।
यादव सेवा समितिका पूर्वअध्यक्ष, समाजसेवी तथा अवकाशप्राप्त इन्जिनियर प्रयागलाल यादव को ७५ वर्षको उमेरमा निधन भएको छ।
छिन्नमस्ता गाउँपालिका–४ लालापट्टी स्थायी घर भई हाल राजविराज नगरपालिका–५ मा बसोबास गर्दै आउनुभएका यादवको बिहीबार आफ्नै निवासमा निधन भएको हो। उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो।
स्वर्गीय यादव अशोककुमार यादव (केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी) का पिता हुनुहुन्छ। परिवारमा उहाँकी श्रीमती र तीन छोरा रहेका छन्।
उहाँको निधनप्रति शैलेन्द्रप्रसाद साह, उमेशकुमार यादव लगायत विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
स्वर्गीय यादवको अन्तिम संस्कार बिहीबार दिउँसो गृह गाउँ लालापट्टीमा गरिने परिवार स्रोतले जनाएको छ।