emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाली सेनाका इन्जिनियरहरूद्वारा नेपाल इन्जिनियरिङ कलेजमा स्थलगत भ्रमण सम्पन्न

source e-Madhesh २०८१ माघ २० गते , आइतबार
0
Shares
32
Views

लिलाकान्त यादव,
राजविराज।
नेपाली सेनाका इन्जिनियर तालिम शिक्षालय, गौचरण व्यारेकका १६ जना इन्जिनियर अधिकृतहरूले मंगलबार नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण सम्पन्न गरेका छन्। भ्रमणका क्रममा सेनाका अधिकृतहरूले कलेजमा सञ्चालन हुँदै आएको हाइड्रोपावर ब्रेक पोर्टेशन इन्जिनियरिङ र माइक्रो हाइड्रोपावर प्लान्ट को अध्ययन तथा अवलोकन गरे।
कलेजका एशोसिएट प्रोफेसरद्वय रघुनाथ प्रजापति र सुनिल ख्याजू तथा असिस्टेन्ट प्रोफेसरद्वय विनय शाक्य र रक्षक ढुंगेलले सेनाका अधिकृतहरूलाई आवश्यक निर्देशन र प्रशिक्षण प्रदान गरेका थिए।
नेपाली सेनाले विगत नौ वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजसँग सहकार्य गर्दै विभिन्न इन्जिनियरिङ विधाका पक्षहरूमा प्राविधिक ज्ञान आर्जन गर्दै आएको छ। प्रयोगात्मक शिक्षण पद्धति र अत्याधुनिक प्रयोगशालाहरूले कलेजलाई थप प्रभावकारी बनाएको छ भने उत्कृष्ट मिनी हाइड्रोपावर प्लान्ट हरू सेनाका इन्जिनियर अधिकृतहरूको लागि विशेष आकर्षण बनेका छन्।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालन भइरहेको नेपाल इन्जिनियरिङ कलेज, पोखरा विश्वविद्यालय अन्तर्गतको एक प्रमुख कलेज हो। यस कलेजले अत्याधुनिक पुस्तकालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानका अवसरहरू, र पूर्णकालीन दक्ष शिक्षक–शिक्षिकाको टोलीको माध्यमबाट इन्जिनियरिङ शिक्षामा उच्च मान्यता प्राप्त गरेको छ।
नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी प्रमाणपत्र प्राप्त यस कलेजले शिक्षणका उन्नत प्रविधिहरूको प्रयोग गर्दै प्राविधिक समूहहरूको विश्वास जित्न सफल भएको छ।
यस किसिमका भ्रमणहरूले नेपाली सेनाका इन्जिनियर अधिकृतहरूको व्यावहारिक सीप तथा ज्ञान अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। इन्जिनियरिङको प्रयोगात्मक पक्षलाई उजागर गर्दै, यस्ता सहकार्यले प्राविधिक क्षेत्रको क्षमताको उन्नयनमा सहयोग पु¥याएको छ।
कलेज र सेनाबीचको यो सहकार्यले इन्जिनियरिङ शिक्षालाई थप प्रासंगिक, उपयोगी, र व्यावहारिक बनाउँदै नेपाली प्राविधिक क्षमताको विकासमा योगदान पुर्याइरहेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा
पृथ्वी जयन्ती : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण, एकता र सार्वभौमसत्ताको सन्देश
पृथ्वी जयन्ती : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण, एकता र सार्वभौमसत्ताको सन्देश
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की