emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन

source e-Madhesh २०८२ माघ २९ गते , बिहीबार
0
Shares
41
Views
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन

ईमधेश न्यूज सम्वाददाता,
रौतहट, २७ माघ ।
रौतहट – गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा उच्चाइ थप्ने र साइफन बन्द गर्ने काम तीव्र रूपमा अघि बढाइएको भन्दै स्थानीय बासिन्दाले गम्भीर आपत्ति जनाएका छन्। हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने मुख्य कारण यही बाँध रहेको उनीहरूको दाबी छ।
स्थानीयका अनुसार दशगजा क्षेत्र आसपास भौतिक संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय प्रावधान रहे पनि दशगजादेखि करिब ३०–४० मिटर दूरीमा बाँध स्तरोन्नति भइरहेको छ। “मर्मतको बहानामा बाँध अग्लो बनाइँदैछ र साइफनसमेत बन्द गरिँदैछ। यसले पानीको निकास अवरुद्ध भई फेरि गौर डुबानमा पर्ने निश्चित छ,” समाजसेवी महमद अजादले बताए।
वडा अध्यक्ष, नगर प्रमुख, जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बललगायत निकायलाई जानकारी गराउँदा पनि कुनै पहल नभएको स्थानीयको गुनासो छ। सरोकारवाला निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। स्थानीयले तत्काल अनुगमन गरी निर्माण कार्य रोक्न र दीर्घकालीन समाधान खोज्न माग गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव