emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव

source e-Madhesh २०८२ चैत्र २० गते , शुक्रबार
0
Shares
119
Views
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव


लिलाकान्त यादव,
ललितपुर २० चैत्र ।
 रामसहाय प्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक भएको बताएका छन्।Federation of Women Entrepreneurs' Associations of Nepalद्वारा आयोजित ‘नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०८२’ को उद्घाटन समारोहमा उनले महिलाहरूलाई आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माणका प्रेरक शक्तिका रूपमा व्याख्या गरे।
उपराष्ट्रपति यादवले ‘स्वदेशी उत्पादन उपयोग गरौं, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौं’ भन्ने नारासहित सुरु भएको तीनदिने मेलाले महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने, उनीहरूको उत्पादनलाई बजारसम्म पु¥याउने र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरे।
उनले महिला उद्यमशीलताले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको सदुपयोगमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। पछिल्लो समय महिलाहरू घरेलु उद्योगदेखि व्यवसायिक प्रतिष्ठानसम्म सक्रिय भई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणमा उल्लेखनीय योगदान पु¥याइरहेको उनको भनाइ छ।
उपराष्ट्रपति यादवले संविधानले स्वदेशी उत्पादन, श्रम र सीपमा आधारित उद्योगलाई प्राथमिकता दिएको उल्लेख गर्दै उद्यमशीलता प्रवद्र्धनका लागि राज्य, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले सफल महिला उद्यमीहरूलाई अन्य महिलाका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबैमा आग्रह गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार