emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपालगञ्जमा प्रश्नपत्र ‘आउट’ प्रकरणः कारबाही ढिलाइले ढाकछोपको आशंका

source e-Madhesh २०८२ चैत्र १८ गते , बुधबार
0
Shares
7
Views
नेपालगञ्जमा प्रश्नपत्र ‘आउट’ प्रकरणः कारबाही ढिलाइले ढाकछोपको आशंका

ईमधेश न्यूज सम्वाददाता,
नेपालगञ्ज, १८ चैत्र ।
 बाँकेको आदर्श मावि परीक्षा केन्द्रमा उत्तरसहितको प्रिन्टेड प्रश्नपत्र फेला परेको घटनामा ढिलाइ र अस्पष्टताले विवाद चुलिँदै गएको छ। गम्भीर प्रकृतिको यस प्रकरणमा दुई दिन बित्दासमेत ठोस कारबाही अघि नबढ्दा सरोकारवालामा आशंका बढेको हो।
परीक्षा सुरु भएको झन्डै आधा घण्टामै मुनतारा इङ्लिस मिडियम स्कुलका विद्यार्थीहरूबाट उत्तरसहितको प्रश्नपत्र भेटिएको थियो। नियमविपरीत कार्य भएको पुष्टि भएपछि केन्द्राध्यक्षले तत्काल नगर शिक्षा शाखा प्रमुखलाई जानकारी गराएका थिए। त्यसपछि शिक्षा, युवा तथा खेलकुद शाखाले सोही दिन परीक्षा समितिको बैठक बोलाएको थियो।
तर स्रोतका अनुसार गम्भीर विषयमा केन्द्रित हुनुपर्ने बैठकमा समितिबाहेकका व्यक्तिहरूलाई समेत सहभागी गराइएपछि छलफल विषयान्तर भएको आरोप छ। प्रश्नपत्र बाहिरिनुमा समितिकै कुनै पदाधिकारीको संलग्नता हुन सक्ने आशंकासमेत व्यक्त गरिएको छ। बैठकले संलग्नलाई प्रशासनिक कारबाही गर्ने निर्णय गरे पनि कार्यान्वयनको समयसीमा र प्रक्रिया स्पष्ट गरिएको छैन।
यसअघि पनि नेपालगञ्जका केही विद्यालयमा यस्ता घटनाहरू दोहोरिने गरेको र दबाब तथा मिलेमतोका कारण मुद्दा सामसुम पारिने गरेको स्रोतको दाबी छ। शिक्षा क्षेत्रका जानकारहरूका अनुसार प्रश्नपत्र चुहावट फौजदारी अपराध भएकाले तत्काल संलग्न व्यक्ति र संस्थामाथि कानुनी कारबाही आवश्यक हुन्छ।
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले उक्त दिनको परीक्षा रद्द गरी चैत १८ गते पुनः सञ्चालन गर्ने निर्णय भएको बताए। उनले घटनाबारे अनुसन्धान भइरहेको बताए पनि कसरी र कसले अनुसन्धान गरिरहेको छ भन्ने स्पष्ट पारेनन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले घटनालाई गम्भीर लापरवाहीको रूपमा लिँदै उपमहानगरपालिकाबाट औपचारिक पत्र आएलगत्तै कारबाही अघि बढाइने बताएका छन्। तर समाचार तयार पार्दासम्म प्रशासनलाई कुनै पत्र प्राप्त नभएको जनाइएको छ।
यस घटनाले विद्यार्थी र अभिभावकमा नकारात्मक सन्देश गएको भन्दै निष्पक्ष छानबिन र कडा कारबाहीको माग बढ्दो छ। ८ विद्यालयका करिब २६० विद्यार्थी सहभागी उक्त केन्द्रमा देखिएको लापरवाहीले समग्र परीक्षा प्रणालीप्रति प्रश्न उठाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट
बोदेबरसाईन बजारमा सरसफाई अभियान जारी
बोदेबरसाईन बजारमा सरसफाई अभियान जारी
नेपालगञ्जमा प्रश्नपत्र ‘आउट’ प्रकरणः कारबाही ढिलाइले ढाकछोपको आशंका
नेपालगञ्जमा प्रश्नपत्र ‘आउट’ प्रकरणः कारबाही ढिलाइले ढाकछोपको आशंका
तीन देशमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’
तीन देशमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’
भक्तपुरमा बाँसुरी निर्माण कार्यशाला सम्पन्न, परम्परा र आधुनिकताको संयोजनमा जोड
भक्तपुरमा बाँसुरी निर्माण कार्यशाला सम्पन्न, परम्परा र आधुनिकताको संयोजनमा जोड
विश्व मूर्ख दिवसः हाँसो र रमाइलोको परम्परा
विश्व मूर्ख दिवसः हाँसो र रमाइलोको परम्परा
महेस बस्नेतविरुद्ध पक्राउ प्रक्रिया अघि बढ्ने दाबी
महेस बस्नेतविरुद्ध पक्राउ प्रक्रिया अघि बढ्ने दाबी
समाजवादी विद्यार्थी युनियनको केन्द्रीय बैठक आह्वान
समाजवादी विद्यार्थी युनियनको केन्द्रीय बैठक आह्वान
महावीर जयन्तीको अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना सन्देश
महावीर जयन्तीको अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना सन्देश
पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा
पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा