ई-मधेश न्युज
समाजवादी विद्यार्थी युनियनको केन्द्रीय बैठक आह्वान
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १७ चैत्र ।
समाजवादी विद्यार्थी युनियन, नेपालले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरूको बैठक आह्वान गरेको छ। संगठनका केन्द्रीय महासचिव बलिराम कापरीले सूचना जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गरेका छन्।
जारी सूचनाअनुसार केन्द्रीय पदाधिकारी बैठक चैत २० गते र केन्द्रीय समिति बैठक चैत २१ गते बस्ने तय गरिएको छ। दुवै बैठक बिहान ११ बजे सुरु हुनेछन्। बैठकको स्थान जनता समाजवादी पार्टी (जसपा), नेपालको मधेश प्रदेश कार्यालय, जनकपुरधाम, धनुषा तोकिएको छ।
संगठनले समसामयिक विषयमा छलफल तथा आगामी कार्यक्रम तय गर्न बैठक महत्वपूर्ण रहेको जनाएको छ। त्यसैले सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई समयमै उपस्थित भई बैठक सफल बनाउन आग्रह गरिएको छ।
समाजवादी विद्यार्थी युनियनले ‘जय मधेश, जय मातृभूमि’को नारासहित संगठनलाई सुदृढ बनाउँदै विद्यार्थी आन्दोलनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।