emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

लागुऔषधसहित दुई मोटरसाइकलसहित चार जना पक्राउ

source e-Madhesh २०८२ चैत्र १६ गते , सोमबार
0
Shares
2
Views
लागुऔषधसहित दुई मोटरसाइकलसहित चार जना पक्राउ

लिलाकान्त यादव,
राजविराज, १६ चैत ।
 सप्तरी प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट दुईवटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका–१ घोघिदाहास्थित पूर्व–पश्चिम राजमार्गमा लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार स ६ प ९०३६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा चालक राजविराज नगरपालिका–२ पररियाका ३६ वर्षीय मो. मुस्ताकको साथबाट २३ पिस लागुऔषध बरामद गरिएको छ। बरामद सामग्रीमा डाइजेपाम ७ पिस, आईपीपीएल ७ पिस र फेनरगन ९ पिस रहेका छन्।
यसैगरी उक्त लागुऔषध खरिद गर्ने आरोपमा सप्तकोशी नगरपालिका–८ ओद्राहाका २३ वर्षीय कृष्णकुमार खंग, २५ वर्षीय राजकुमार बहदार र रुपनी गाउँपालिका–६ का सितल मगरलाई समेत नियन्त्रणमा लिइएको छ। उनीहरूले प्रयोग गरेको को २९ प ६१०६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखी थप अनुसन्धान भइरहेको छ। सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

लागुऔषधसहित दुई मोटरसाइकलसहित चार जना पक्राउ
लागुऔषधसहित दुई मोटरसाइकलसहित चार जना पक्राउ
नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित
नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश