emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

महेस बस्नेतविरुद्ध पक्राउ प्रक्रिया अघि बढ्ने दाबी

source e-Madhesh २०८२ चैत्र १७ गते , मंगलबार
0
Shares
9
Views
महेस बस्नेतविरुद्ध पक्राउ प्रक्रिया अघि बढ्ने दाबी

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १७ चैत्र ।
 नेकपा (एमाले)का सचिव महेस बस्नेतविरुद्ध चाँडै पक्राउ प्रक्रिया अघि बढ्ने दाबी पीडित भनिएकी सोभा पाठकले गरेकी छन्। मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पाठकले बस्नेतले सामाजिक सञ्जालमा लेखेको पक्राउ पूर्जीसम्बन्धी स्टाटस भ्रामक रहेको बताइन्।
उनले आफूले बस्नेतविरुद्ध पक्राउ पूर्जी माग गर्दै उजुरी दिएको र कानुनी प्रक्रियाअनुसार बस्नेत हिरासतमा जाने निश्चित रहेको जिकिर गरिन्। बस्नेतले अदालतले पक्राउ पूर्जी दिन अस्वीकार गरेको भन्दै सार्वजनिक रूपमा खुसी व्यक्त गरेकोप्रति आपत्ति जनाउँदै पाठकले त्यसलाई केही सञ्चारमाध्यमले गलत रूपमा प्रस्तुत गरेको आरोप लगाइन्।
पाठकका अनुसार टेकुस्थित प्रहरी परिसरमा जाहेरी दर्ता भइसकेको छ। काठमाडौं जिल्ला अदालतले चैत १६ गतेको आदेशमा पक्राउ गर्न नमिल्ने स्पष्ट रूपमा नभनेको, बरु मुद्दासम्बन्धी सक्कल मिसिल प्राप्त भएपछि कानुनबमोजिम प्रक्रिया अघि बढ्ने उल्लेख गरेको उनले जानकारी दिइन्।
अदालतको आदेश उद्धृत गर्दै पाठकले भनिन्, “विवाद उच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम निर्णयका लागि आवश्यक कागजात आएपछि कानुनअनुसार अगाडि बढ्ने भनिएको छ, हालका लागि मागबमोजिम गर्न नमिल्ने मात्र भनिएको हो।”
उनले आफू न्यायका लागि अन्तिमसम्म लड्ने बताउँदै अदालतबाट चाँडै पक्राउ पूर्जी जारी हुने विश्वास व्यक्त गरिन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

महेस बस्नेतविरुद्ध पक्राउ प्रक्रिया अघि बढ्ने दाबी
महेस बस्नेतविरुद्ध पक्राउ प्रक्रिया अघि बढ्ने दाबी
समाजवादी विद्यार्थी युनियनको केन्द्रीय बैठक आह्वान
समाजवादी विद्यार्थी युनियनको केन्द्रीय बैठक आह्वान
महावीर जयन्तीको अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना सन्देश
महावीर जयन्तीको अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना सन्देश
पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा
पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा
लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा समापन, छात्राहरूको उत्साहजनक सहभागिता
लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा समापन, छात्राहरूको उत्साहजनक सहभागिता
स्वास्थ्य बजेटको झण्डै आधा रकम भ्रष्टाचारमा खर्च हुने दाबी
स्वास्थ्य बजेटको झण्डै आधा रकम भ्रष्टाचारमा खर्च हुने दाबी
लागुऔषधसहित दुई मोटरसाइकलसहित चार जना पक्राउ
लागुऔषधसहित दुई मोटरसाइकलसहित चार जना पक्राउ
नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित
नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग