ई-मधेश न्युज
प्रतिबन्धित औषधीसहित युवक पक्राउ
लिलाकान्त यादव,
राजविराज, १९ चैत्र ।
नेपाल प्रहरी ले प्रतिबन्धित औषधीसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुरमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा विष्णुपुर गाउँपालिका–७ बस्ने करिब २४ वर्षीय संजय कुमार साह पक्राउ परेका हुन्। उनी सवार प्र.२–०१००१ प ६००६ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याइएको औषधी फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद औषधीहरूमा भ्तयतचभबत (९०) २४० पिस, भ्तयतचभबत (ए) ८० पिस, भ्तयतचभबत (६०) १२० पिस, च्भकउष्तजष्प १० पिस र द्यभउष्हि ँयचतभ १ पिस रहेका छन्। साथै एक थान ष्एजयलभ र एक थान द्यभलय मोबाइलसमेत बरामद गरिएको छ।
पक्राउ परेका साहसहित बरामद सामग्रीलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधी व्यवस्था विभाग, विराटनगर पठाइएको प्रहरीले जनाएको छ।