ई-मधेश न्युज
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
लिलाकान्त यादव,
जनकपुरधाम, २४ चैत्र ।
मधेश प्रदेशमा सञ्चालित दुई दिने समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री महेश कुमार यादव ले पानसमा दियो बालेर तालिमको उद्घाटन गरेका थिए।
उद्घाटन सत्रमा महेश कुमार यादव, जितेन्द्र खड्का तथा धर्मेन्द्र झाले ले पत्रकारिताको गुणस्तर अभिवृद्धि र व्यावसायिक दक्षता विकासको आवश्यकता औँल्याउँदै मन्तव्य व्यक्त गरेका थिए।
तालिमको पहिलो दिन प्रशिक्षक धर्मेन्द्र झाले ले समाचार लेखन र सम्पादनसम्बन्धी प्रशिक्षण दिएका थिए। सहभागीहरूलाई समाचारको संरचना, तथ्य संकलन, शीर्षक लेखन, भाषा शैली तथा स्रोतको प्रयोगबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
साथै डिजिटल पत्रकारिता, सामाजिक सञ्जालको प्रभाव र फेक न्यूज नियन्त्रणका उपायहरूबारे पनि छलफल गरिएको थियो। प्रशिक्षकहरूले प्रभावकारी समाचारका लागि स्पष्टता, सन्तुलन र निष्पक्षता अपरिहार्य हुने बताएका थिए।
तालिममा सहभागी पत्रकारहरूले कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिँदै सिकेका सीप व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्। आयोजक संस्थाले यस्ता कार्यक्रमले स्थानीय सञ्चारकर्मीहरूको क्षमता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।