emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान

source e-Madhesh २०८२ चैत्र २४ गते , मंगलबार
0
Shares
25
Views
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान

हरेक वर्ष अप्रिल ७ मा मनाइने विश्व स्वास्थ्य दिवस विश्वभर स्वास्थ्य सचेतना फैलाउने महत्वपूर्ण अवसर हो। सन् १९४८ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ। सन् १९५० देखि प्रत्येक वर्ष यस दिनलाई औपचारिक रूपमा मनाउन थालिएको हो।
यस दिवसको मुख्य उद्देश्य विश्वभरका मानिसहरूलाई स्वास्थ्यसम्बन्धी प्रमुख समस्याबारे जानकारी गराउनु र समाधानतर्फ ध्यान आकर्षित गर्नु हो। प्रत्येक वर्ष विश्व स्वास्थ्य संगठन ले एक विशेष विषयवस्तु तय गरी त्यसैका आधारमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दछ। यसले सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई एउटै स्वास्थ्य चुनौतीमा केन्द्रित भएर काम गर्न प्रेरित गर्छ।
विश्व स्वास्थ्य दिवसका अवसरमा विभिन्न देशहरूमा स्वास्थ्य शिविर, सेमिनार, सचेतना कार्यक्रम र सामुदायिक अभियानहरू सञ्चालन गरिन्छ। यसको लक्ष्य स्वस्थ जीवनशैली प्रवद्र्धन गर्नुका साथै मानिसहरूलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्न प्रेरित गर्नु हो।
हाल विश्वमा स्वास्थ्यसँग सम्बन्धित गम्भीर चुनौतीहरू अझै विद्यमान छन्। वायु प्रदूषणका कारण हरेक मिनेट १३ जनाको ज्यान जाने गरेको तथ्यले यसको भयावहता देखाउँछ। विश्वका १० मध्ये ९ जनाले प्रदूषित हावामा श्वास फेर्नुपरेको अवस्था छ। त्यस्तै, करिब ३.६ अर्ब मानिससँग सुरक्षित शौचालयको पहुँच छैन भने २ अर्ब मानिस अझै शुद्ध खानेपानीबाट वञ्चित छन्। झाडापखालाका कारण मात्रै हरेक वर्ष लाखौं मानिसको मृत्यु हुने गरेको छ।
यस सन्दर्भमा मानसिक स्वास्थ्य, सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निन्द्रा र सकारात्मक जीवनशैलीको महत्व अझ बढेको छ। शरीर र मन दुवै स्वस्थ राख्न सामूहिक प्रयास आवश्यक छ।
विश्व स्वास्थ्य दिवसले हामी सबैलाई आफ्नो स्वास्थ्यप्रति सजग बन्न र स्वस्थ समाज निर्माणमा योगदान दिन प्रेरित गर्दछ। सबैमा विश्व स्वास्थ्य दिवसको शुभकामना।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न