emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

source e-Madhesh २०८२ चैत्र २७ गते , शुक्रबार
0
Shares
57
Views
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, २७ चैत्र ।
 फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा लाई ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ अन्तर्गत ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान गरिएको छ।
‘नेपाली कला र स्रष्टाको सम्मान, संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित काठमाडौंमा आयोजित ७औँ संस्करणको अवार्ड कार्यक्रममा उनलाई मोडलिङ तथा कोरियोग्राफी क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
झा लामो समयदेखि मोडलहरूको तालिम, ग्रुमिङ तथा व्यक्तित्व विकासमा सक्रिय रहँदै आएका छन्। उनले तयार पारेका मोडलहरू र्याम्प शो, फोटोसुट तथा म्युजिक भिडियोमा समेत देखिँदै आएका छन्। उनले मोडलहरूलाई केवल प्रस्तुति मात्र नभई आत्मविश्वास र अभिव्यक्ति क्षमतामा पनि निखार ल्याउन योगदान दिँदै आएको बताइएको छ।
सम्मान ग्रहणपछि झाले यो उपलब्धिले आफ्नो जिम्मेवारी अझ बढाएको प्रतिक्रिया दिए। “मोडलहरूलाई प्रभावकारी अभिव्यक्ति र प्रस्तुतिमा सक्षम बनाउने मेरो प्रयासलाई आजको सम्मानले थप ऊर्जा दिएको छ,” उनले भने।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। वरिष्ठ सितार वादिका विजया शर्मा लाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। त्यस्तै पत्रकारिता, संगीत, समाजसेवा तथा कला क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।
अवार्ड समारोहले नेपाली कला, संगीत र सांस्कृतिक क्षेत्रका स्रष्टाहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको आयोजकको भनाइ छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न