emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना

source e-Madhesh २०८२ चैत्र २७ गते , शुक्रबार
0
Shares
68
Views
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना

ईमधेश न्युज सम्वाददाता,
गोरखा २७ चैत्र ।
 ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखालाई पुनः आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित गोरखनाथ कल्याण केन्द्र नेपाल ले महत्वाकांक्षी “धर्म नीति आधारित महाअभियान” सुरु गर्ने घोषणा गरेको छ।
केन्द्रका अनुसार गोरखा नगरपालिका–९ स्थित शिखरडाँडामा निर्माणाधीन राजविद्या शक्तिपीठको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। आगामी केही महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ। उक्त शक्तिपीठलाई धार्मिक संरचना मात्र नभई दैविक ऊर्जा, नैतिकता र राष्ट्रशक्तिबीच सन्तुलन कायम गर्ने केन्द्रका रूपमा विकास गरिने बताइएको छ।
संरक्षक अनन्त प्रसादका अनुसार यसअघि कुशेश्वर, पालुङ, विजयपुर, भकुण्डेबेशी र राम्चेवेशी लगायत स्थानमा विभिन्न “शक्तिपीठ” स्थापना भइसकेका छन्। अब ती सबै ऊर्जा केन्द्रलाई गोरखास्थित राजविद्या शक्तिपीठमार्फत एकीकृत गर्ने योजना रहेको छ।
शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरणले धर्म–नीति र राज्यशक्तिबीच सन्तुलन आवश्यक रहेको बताउँदै आध्यात्मिक ऊर्जा बिना दीर्घकालीन शान्ति सम्भव नहुने धारणा राखेका छन्। उनले नेपाललाई पुनः सनातन परम्परा र योग–साधनाको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे।
यसै योजनाअन्तर्गत “नमुना गुरुकुल” स्थापना गर्ने तयारी पनि गरिएको छ। गुरुकुलमा वेद, उपनिषद्, योग र ध्यानसँगै नेतृत्व विकास, नैतिक शिक्षा र राष्ट्रचेतनामा आधारित अध्ययन गराइनेछ। उद्देश्य चरित्रवान र जिम्मेवार नागरिक उत्पादन गर्नु रहेको केन्द्रले जनाएको छ।
दीर्घकालीन योजनाअनुसार गोरखालाई अन्तर्राष्ट्रिय योग तथा आध्यात्मिक अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य पनि राखिएको छ। योग, ध्यान, संस्कृत र वैदिक अध्ययनमार्फत विदेशी साधक तथा अनुसन्धानकर्तालाई आकर्षित गर्ने योजना रहेको बताइएको छ।
आयोजनाले धार्मिक पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ। केन्द्रले यो अभियानलाई समाज, राज्य र नागरिक सबैको साझा दायित्वका रूपमा अघि बढाउन आह्वान गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न