emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कम्युनिस्ट एकतामा जोड, माक्र्सवाद समयअनुसार विकसित हुने दर्शनः वक्ता

source e-Madhesh २०८३ जेष्ठ १६ गते , शनिबार
0
Shares
5
Views
कम्युनिस्ट एकतामा जोड, माक्र्सवाद समयअनुसार विकसित हुने दर्शनः वक्ता

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १६ जेठ ।
 नेकपा (बहुमत) ले आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताहरूले वर्तमान सरकार जनविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै त्यसको प्रतिवादका लागि सम्पूर्ण कम्युनिस्ट तथा क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्। शुक्रबार संवाद डबलीमा आयोजित ‘माक्र्सवादी सर्वोच्चता र पुँजीवादी विभ्रम’ विषयक कार्यक्रममा उनीहरूले माक्र्सवादलाई जड वा पुरानो दर्शनका रूपमा व्याख्या गर्नु गलत भएको धारणा राखे।
कार्यक्रममा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले वर्तमान सरकार उदारवादी अर्थनीतिमा आधारित रहेको र यसले श्रमिक, गरिब तथा उत्पीडित समुदायको हितभन्दा पुँजीवादी स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाए। उनले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको व्यवहारको आलोचना गर्दै त्यसविरुद्ध संघर्ष आवश्यक रहेको बताए।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्त ओलीले नेपाली कम्युनिस्ट आन्दोलनमा विगतका कमजोरीहरूबाट पाठ सिक्दै वैचारिक एकतामा जोड दिनुपर्ने बताए। विभिन्न कम्युनिस्ट समूहहरूबीच विचारगत आधार साझा भएकाले विभाजित रहनुभन्दा एकताबद्ध भएर अघि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कट्टेल र वैज्ञानिक समाजवादी पार्टीका नेता येशु चौलागाईंले पनि नेपालको वस्तुगत अवस्थाअनुसार क्रान्तिकारी राजनीतिक मोडल विकास गर्नुपर्ने धारणा राखे। वक्ताहरूले माक्र्सवाद समयको परिवर्तनसँगै विकसित हुने गतिशील दर्शन भएकाले यसलाई पुरानो वा अप्रासंगिक भन्न नमिल्ने निष्कर्ष प्रस्तुत गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

राष्ट्रिय महिला अधिकार दिवसः समानता र सशक्तीकरणको अभियान
राष्ट्रिय महिला अधिकार दिवसः समानता र सशक्तीकरणको अभियान
कम्युनिस्ट एकतामा जोड, माक्र्सवाद समयअनुसार विकसित हुने दर्शनः वक्ता
कम्युनिस्ट एकतामा जोड, माक्र्सवाद समयअनुसार विकसित हुने दर्शनः वक्ता
आवरणमा ‘परमपूज्य’, आचरणमा व्यापारी: तपाईं कसरी धार्मिक अनि धर्मगुरु ?
आवरणमा ‘परमपूज्य’, आचरणमा व्यापारी: तपाईं कसरी धार्मिक अनि धर्मगुरु ?
कुन मन्त्रालयलाई कति बजेट ? ऊर्जा र पूर्वाधारमा उच्च प्राथमिकता
कुन मन्त्रालयलाई कति बजेट ? ऊर्जा र पूर्वाधारमा उच्च प्राथमिकता
‘कान्छी’पछि चर्चामा आयुष मगर
‘कान्छी’पछि चर्चामा आयुष मगर
रोयल सेकेन्डरी स्कूलमा गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला तथा सांस्कृतिक कार्यक्रम
रोयल सेकेन्डरी स्कूलमा गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला तथा सांस्कृतिक कार्यक्रम
अन्तर्राष्ट्रिय महिनावारी दिवसमा नेपालगञ्जमा सचेतना तथा ब्रासलेट वितरण
अन्तर्राष्ट्रिय महिनावारी दिवसमा नेपालगञ्जमा सचेतना तथा ब्रासलेट वितरण
गणतन्त्र दिवसले लोकतन्त्र र जनअधिकारको रक्षा गर्न प्रेरणा देओस्: उपराष्ट्रपति यादव
गणतन्त्र दिवसले लोकतन्त्र र जनअधिकारको रक्षा गर्न प्रेरणा देओस्: उपराष्ट्रपति यादव
गणतन्त्र दिवसः जनताको सर्वोच्चताको ऐतिहासिक उत्सव
गणतन्त्र दिवसः जनताको सर्वोच्चताको ऐतिहासिक उत्सव
धार्मिक आस्थामाथि चोट पुगेको भन्दै जनक परियारद्वारा क्षमायाचना
धार्मिक आस्थामाथि चोट पुगेको भन्दै जनक परियारद्वारा क्षमायाचना