ई-मधेश न्युज
रोयल सेकेन्डरी स्कूलमा गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला तथा सांस्कृतिक कार्यक्रम
लिलाकान्त यादव,
राजविराज, १५ जेठ ।
रोयल सेकेन्डरी स्कूल, हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाले गणतन्त्र दिवस २०८३ को अवसरमा वक्तृत्वकला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ ।
“गणतन्त्र नेपाल ः उपलब्धि र चुनौती” शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा १८ जना छात्र–छात्राको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा–१० मा अध्ययनरत हरेरामा खंग प्रथम, कक्षा–९ का अमृत यादव द्वितीय तथा कक्षा–६ का दिगम्बर कुमार राय तृतीय भएका विद्यालयले जनाएको छ । विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमलाई थप आकर्षक बनाउन १६ जना छात्र–छात्राहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुतिले कार्यक्रममा उत्साह थपेको थियो ।
यसै अवसरमा हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड–२०८२ मा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेका २० जना विद्यार्थीलाई प्रमाणपत्र तथा मेडल वितरण गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल देवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।