emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

धार्मिक आस्थामाथि चोट पुगेको भन्दै जनक परियारद्वारा क्षमायाचना

source e-Madhesh २०८३ जेष्ठ १४ गते , बिहीबार
0
Shares
6
Views
धार्मिक आस्थामाथि चोट पुगेको भन्दै जनक परियारद्वारा क्षमायाचना

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १४ जेष्ठ । 
 दलित अभियान्ता जनक परियारले हालै दिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिँदै आफ्नो भनाइ धार्मिक आस्थामाथि प्रहार नभई दलित समुदायले भोग्दै आएको पीडाको अभिव्यक्ति भएको बताएका छन् । बिहीबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो अभिव्यक्तिबाट धार्मिक भावना आहत भएको भए क्षमा मागेका हुन् ।
गत जेठ १२ गते प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्माको न्यायको माग गर्दै आयोजित कार्यक्रममा परियारले दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । त्यसपछि उनले सार्वजनिक रूपमा स्पष्टिकरण दिँदै दलितमाथि हुने विभेद र अन्यायको प्रसंग उठाएको बताएका हुन् ।
परियारले “मेरो उद्देश्य कुनै धर्म वा आस्थामाथि आक्रमण गर्नु होइन, दलित समुदायले भोग्दै आएको पीडा र विभेदलाई उजागर गर्नु हो” भन्दै आफ्नो अभिव्यक्ति गलत ढंगले बुझिएको बताए । उनले अझै पनि गाउँघरमा दलित समुदायलाई धार्मिक तथा सामाजिक रूपमा विभेद गरिने अवस्था कायम रहेको उल्लेख गरे ।
उनले मठमन्दिरमा दलितलाई प्रवेश निषेध गर्ने तथा छुवाछुतजस्ता व्यवहार अझै विद्यमान रहेको भन्दै आफ्नो अभिव्यक्ति त्यही अन्यायप्रति लक्षित भएको स्पष्ट पारे । साथै, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र समानताको पक्षमा आफू निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरे ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

राष्ट्रिय महिला अधिकार दिवसः समानता र सशक्तीकरणको अभियान
राष्ट्रिय महिला अधिकार दिवसः समानता र सशक्तीकरणको अभियान
कम्युनिस्ट एकतामा जोड, माक्र्सवाद समयअनुसार विकसित हुने दर्शनः वक्ता
कम्युनिस्ट एकतामा जोड, माक्र्सवाद समयअनुसार विकसित हुने दर्शनः वक्ता
आवरणमा ‘परमपूज्य’, आचरणमा व्यापारी: तपाईं कसरी धार्मिक अनि धर्मगुरु ?
आवरणमा ‘परमपूज्य’, आचरणमा व्यापारी: तपाईं कसरी धार्मिक अनि धर्मगुरु ?
कुन मन्त्रालयलाई कति बजेट ? ऊर्जा र पूर्वाधारमा उच्च प्राथमिकता
कुन मन्त्रालयलाई कति बजेट ? ऊर्जा र पूर्वाधारमा उच्च प्राथमिकता
‘कान्छी’पछि चर्चामा आयुष मगर
‘कान्छी’पछि चर्चामा आयुष मगर
रोयल सेकेन्डरी स्कूलमा गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला तथा सांस्कृतिक कार्यक्रम
रोयल सेकेन्डरी स्कूलमा गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला तथा सांस्कृतिक कार्यक्रम
अन्तर्राष्ट्रिय महिनावारी दिवसमा नेपालगञ्जमा सचेतना तथा ब्रासलेट वितरण
अन्तर्राष्ट्रिय महिनावारी दिवसमा नेपालगञ्जमा सचेतना तथा ब्रासलेट वितरण
गणतन्त्र दिवसले लोकतन्त्र र जनअधिकारको रक्षा गर्न प्रेरणा देओस्: उपराष्ट्रपति यादव
गणतन्त्र दिवसले लोकतन्त्र र जनअधिकारको रक्षा गर्न प्रेरणा देओस्: उपराष्ट्रपति यादव
गणतन्त्र दिवसः जनताको सर्वोच्चताको ऐतिहासिक उत्सव
गणतन्त्र दिवसः जनताको सर्वोच्चताको ऐतिहासिक उत्सव
धार्मिक आस्थामाथि चोट पुगेको भन्दै जनक परियारद्वारा क्षमायाचना
धार्मिक आस्थामाथि चोट पुगेको भन्दै जनक परियारद्वारा क्षमायाचना