emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण

source e-Madhesh २०८२ चैत्र २५ गते , बुधबार
0
Shares
9
Views
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २४ चैत ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्ण ले सप्तरीका किसानहरूले भोगिरहेका विविध समस्या संसदमा उठाएका छन्। उनले कृषिमा ठूलो सम्भावना हुँदाहुँदै पनि व्यवस्थापन र प्रभावकारी कार्यान्वयनको कमीका कारण किसानहरू पछाडि परेको बताए।
सांसद कर्णका अनुसार सप्तरीमा करिब ६७ हजार २ सय ९१ हेक्टर खेतीयोग्य जमिनमध्ये ४५ हजार २४ हेक्टर मात्र सिँचाइको पहुँचमा रहेको छ भने करिब २२ हजार २ सय ६७ हेक्टर जमिन अझै सिँचाइ सुविधाबाट वञ्चित रहेको छ। त्यस्तै सप्तरी क्षेत्र नं. १ मा १७ हजार ९ सय ६२ हेक्टर जमिनमध्ये १३ हजार ५ सय ३ हेक्टर मात्र सिँचित रहेको तथ्य उनले प्रस्तुत गरे।
उनले सिँचाइ पुगेको भनिएका क्षेत्रमा समेत आवश्यक समयमा पानी उपलब्ध नहुने समस्या रहेको उल्लेख गर्दै अधिकांश किसान अझै आकाशे पानीमा निर्भर रहन बाध्य भएको बताए। जलवायु परिवर्तनका कारण वर्षा अनियमित हुँदा कृषिमा जोखिम बढ्दै गएको उनको भनाइ छ।
यसका साथै उनले समयमै रासायनिक मल नपाइने, उन्नत बीउको अभाव तथा सहुलियत ऋणमा सीमित पहुँचका कारण उत्पादन क्षमता घटिरहेको औँल्याए।
सांसद खगेन्द्र कर्ण ले कृषि क्षेत्रको दिगो विकासका लागि सिँचाइ विस्तार, मल–बीउको समयमै उपलब्धता र किसानमैत्री नीतिको प्रभावकारी कार्यान्वयनमा सरकारको ध्यान जानुपर्ने आवश्यकता औंल्याएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव