emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण

source e-Madhesh २०८२ चैत्र २९ गते , आइतबार
0
Shares
159
Views
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस हरेक वर्ष अप्रिल १२ मा मनाइन्छ। सन् १९६१ मा सोभियत अन्तरिक्ष यात्री यूरी गागारिन ले भोस्तोक १ मार्फत पृथ्वीको कक्षमा १०८ मिनेटको सफल उडान गरेपछि मानव अन्तरिक्ष युगको सुरुवात भएको मानिन्छ। यही ऐतिहासिक उपलब्धिको सम्मानमा संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०११ मा अप्रिल १२ लाई अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको हो।
यस दिवसले अन्तरिक्ष विज्ञान र प्रविधिले मानव जीवनमा पु¥याएको योगदानलाई उजागर गर्दछ। स्वास्थ्य, सञ्चार, मौसम पूर्वानुमान, विपद् व्यवस्थापन र दिगो विकास लक्ष्य हासिल गर्न अन्तरिक्ष प्रविधिको भूमिका महत्वपूर्ण रहेको छ। गागारिनको ऐतिहासिक यात्रापछि उनलाई ‘हिरो अफ सोभियत युनियन’ उपाधिबाट सम्मान गरिएको थियो।
अन्तरिक्ष अझै रहस्यमय क्षेत्रका रूपमा रहेको छ, जसले मानव जिज्ञासा निरन्तर बढाइरहेको छ। चन्द्रमा, मङ्गल ग्रह तथा अन्य खगोलीय पिण्डबारे अध्ययन र अन्वेषण तीव्र रूपमा अघि बढिरहेको छ।
नेपालले पनि अन्तरिक्ष क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। सन् १९८३ मा नेपाल बाह्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोगसम्बन्धी संयुक्त राष्ट्र समितिमा आबद्ध भएको थियो। सन् २०१९ मा नेपालीस्याट–१ प्रक्षेपणसँगै नेपालले अन्तरिक्ष यात्रामा महत्वपूर्ण पाइला चालेको हो।
अन्तरिक्ष अनुसन्धानले मानव सभ्यताको भविष्य निर्धारण गर्ने महत्वपूर्ण आधार तयार गरिरहेको छ। यो दिवसले विगतका उपलब्धिको सम्मान गर्दै भविष्यका सम्भावनाहरूतर्फ ध्यानाकर्षण गराउने अवसर प्रदान गर्दछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न