emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा

source e-Madhesh २०८२ फाल्गुन ३ गते , आइतबार
0
Shares
33
Views
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा

ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, ०२ फाल्गुन ।
 जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल)ले आगामी फागुन २१ गते (मार्च ५) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले काठमाडौँको अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा कृषिको आधुनिकीकरणलाई प्राथमिकता दिँदै वैज्ञानिक क्लस्टरिङ, सहकारी खेती, मशीनीकरण र वर्टिकल फार्मिङमार्फत आगामी पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य, बजार ग्यारेन्टी, बाली बीमा तथा सहुलियतपूर्ण कृषि ऋण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
पार्टीले वर्तमान संविधानले अपेक्षित समाधान दिन नसकेको दाबी गर्दै उच्चस्तरीय संविधान समीक्षा आयोग गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। संघीय समाजवादी व्यवस्थाको आधार निर्माण गर्न शासन प्रणाली, निर्वाचन प्रणाली र न्यायिक संरचनामा सुधार आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ।
स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित प्रत्येक प्रदेशमा विशेष अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, स्थानीय तहमा सुसज्जित अस्पताल निर्माण गर्ने र बालविकासदेखि विश्वविद्यालयसम्म निःशुल्क तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना प्रस्तुत गरिएको छ। साथै, अनुसन्धानमुखी तथा प्रविधिमा आधारित शिक्षा प्रणाली विकास गर्ने र प्रत्येक प्रदेशमा कृत्रिम बुद्धिमत्ता केन्द्र स्थापना गर्ने उल्लेख छ।
भ्रष्टाचार नियन्त्रणका लागि लोकपाल गठन, २०४७ सालपछि पदमा रहेका उच्च पदाधिकारीको सम्पत्ति छानबिन तथा नगदरहित कारोबार लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। पर्यावरणीय न्याय र हरित विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्दै नवीकरणीय ऊर्जा प्रवद्र्धन, वन संरक्षण र जलवायु अनुकूल कृषि कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव