emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा

source e-Madhesh २०८२ फाल्गुन ५ गते , मंगलबार
0
Shares
82
Views
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा

ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, ०५ फागुन ।
पलाँता गाउँपालिका का अध्यक्ष विष्णुबहादुर रोकायाले जिल्ला प्रशासन कार्यालय, कालिकोट को हस्तक्षेपका कारण पालिकाको सेवा प्रवाहमा गम्भीर अवरोध आएको बताएका छन्। राजधानीस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयालले स्थानीय सरकारको क्षेत्राधिकार अवज्ञा गरेको आरोप लगाए।
अध्यक्ष रोकायाका अनुसार पालिकाको स्थायी केन्द्र रानीबिसौंनामा सरेको झण्डै डेढ वर्ष बितिसक्दा पनि नबिल बैंक को शाखा अस्थायी केन्द्रमै कायम राखिएको छ। प्रशासनले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै शाखा स्थानान्तरण नगर्न निर्देशन दिएको उनले बताए। बैंकले स्थायी केन्द्रमा शाखा सार्न बोलपत्र आह्वान गरे पनि प्रक्रिया अघि नबढाइएको भन्दै उनले प्रशासन र बैंक दुवैको नियतमाथि प्रश्न उठाए।
बैंक शाखा नसारिँदा करिब १८ हजार नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलब, कृषि अनुदान तथा योजना भुक्तानीका लागि सेवाग्राहीले चार घण्टासम्म पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको अध्यक्ष रोकायाले बताए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत एकतर्फी निर्णय गरिएको उनको दाबी छ।
आठ महिनादेखि शाखा स्थानान्तरणका लागि पहल गर्दा पनि सम्बद्ध निकायबाट सकारात्मक कदम नआएको भन्दै उनले समस्या समाधान नभए पालिकावासी कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव