emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव

source e-Madhesh २०८२ फाल्गुन ३ गते , आइतबार
0
Shares
132
Views
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव

लिलाकान्त यादव,
काठमाडौं, ०३ फाल्गुन ।
 रामसहाय प्रसाद यादवले महाशिवरात्रि तथा सेना दिवस २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उपराष्ट्रपति यादवले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक गौरवलाई सुदृढ बनाउँदै आएको उल्लेख गर्नुभएको छ। शिव उपासना, उपवास र ध्यानले आत्म–शुद्धि, नैतिकता र आध्यात्मिक उन्नतिलाई प्रेरित गर्दै समाजमा सद्भाव, सहयोग र मेलमिलापको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ। काम, क्रोध, लोभ, मोह र अहंकार त्यागी सत्य, धर्म, शान्ति र प्रेमको मार्गमा अग्रसर हुन पर्वले सबैलाई प्रेरित गरोस् भन्ने उहाँको कामना छ।
यसै अवसरमा मनाइने सेना दिवसले नेपाली सेनाको साहस, अनुशासन र समर्पणलाई स्मरण गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै राष्ट्रको सुरक्षा, सम्मान र विपद्का बेला अग्रपंक्तिमा रहेर सेवा गर्ने सैनिकहरूप्रति गर्व व्यक्त गर्नुभएको छ। आधुनिक प्रविधि र दक्षतायुक्त सेनाको निर्माण आजको आवश्यकता भएको बताउँदै राष्ट्रिय हित सुदृढ बनाउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव