emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रास्वपा परित्याग गरी दर्जनौँ कार्यकर्ता जसपा नेपालमा प्रवेश

source e-Madhesh २०८२ माघ १७ गते , शनिबार
0
Shares
140
Views
रास्वपा परित्याग गरी दर्जनौँ कार्यकर्ता जसपा नेपालमा प्रवेश

लिलाकान्त यादव,
राजविराज, १७ माघ ।
 विष्णुपुर गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी मनिलाल खंगसहित दर्जनौँ कार्यकर्ता शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले खंगसहित नवप्रवेशीहरूलाई माला र टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो । तत्कालीन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्व अध्यक्षसमेत रहेका खंग केही दिनअघि मात्र रास्वपामा प्रवेश गरी सक्रिय थिए ।
सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत जमुनी मधेपुरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरू पार्टीमा प्रवेश गरेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।
पार्टी प्रवेशपछि बोल्दै खंगले मधेश र मधेशी जनताको हक–अधिकारका लागि जसपा नेपाल निरन्तर लड्दै आएको र मधेशी जनताको भविष्य पनि यही पार्टीसँग जोडिएको बताउनुभयो । सप्तरी अझै विकासमा पछाडि रहेकाले विकास र समृद्धिका लागि अध्यक्ष उपेन्द्र यादवलाई भारी मत दिएर सहयोग गर्न उहाँले आमजनतासँग आग्रह गर्नुभयो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न