emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कांग्रेस, एमाले, माओवादी र जनमत पार्टी परित्याग गरी सयौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

source e-Madhesh २०८२ माघ १६ गते , शुक्रबार
0
Shares
104
Views
कांग्रेस, एमाले, माओवादी र जनमत पार्टी परित्याग गरी सयौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

उमेश कुमार यादव,
राजविराज, १६ माघ ।
 नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा जनमत पार्टी परित्याग गरी प्रभावशाली नेताहरूको नेतृत्वमा सयौँ नेता–कार्यकर्ताहरू जनता समाजवादी पार्टी (जसपा) नेपालमा सामूहिक रूपमा प्रवेश गरेका छन् । सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरूलाई खादामाला लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
राजगढ, डाक्नेश्वरी र विष्णुपुर गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेस परित्याग गरी बद्री यादव, कुञ्जीलाल यादव, दिनेश यादव, बब्लु यादवलगायत सयौँ स्थानीय नेता तथा कार्यकर्ताहरू जसपा नेपालमा आवद्ध भएका छन् । राजगढ गाउँपालिका वडा नम्बर ६ मा एमालेका प्रभावशाली नेताहरू मजिद मिया कैलास र नइम मन्सुरीको नेतृत्वमा तथा वडा नम्बर १ मा एमाले नेता कामेश्वर यादवको नेतृत्वमा ठूलो संख्यामा नेता–कार्यकर्ताहरू पार्टी प्रवेश गरेका छन् ।
त्यसैगरी, विष्णुपुर गाउँपालिका वडा नम्बर ४ का दिनेश झा, सुरेश झा, छोटेलाल खंगसहितका नेताहरू, कांग्रेसका रामरतन राय र सञ्जय राय तथा जनमत पार्टीका रामसुन्दर रायले जसपा नेपालको सदस्यता लिएका छन् । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ कुशहामा माओवादी केन्द्र परित्याग गरी केन्द्रीय सदस्य अच्छेलाल साह र स्थानीय नेता बच्चेलाल साहको नेतृत्वमा कार्यकर्ताहरू पनि जसपा नेपालमा प्रवेश गरेका छन् ।
अध्यक्ष यादव चुनावी अभियानमा सक्रिय भएसँगै सप्तरी क्षेत्र नम्बर ३ मा जसपा नेपालप्रति जनसमर्थन र पार्टी प्रवेशको लहर तीव्र बन्दै गएको पार्टी नेताहरूले बताएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न