emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विदेशी सम्बन्धन कलेजहरूले शैक्षिक शोषण गरे, शिक्षा निर्देशिका खारेज हुनुपर्छः सरोकारवाला

source e-Madhesh २०८२ माघ १३ गते , मंगलबार
0
Shares
49
Views
विदेशी सम्बन्धन कलेजहरूले शैक्षिक शोषण गरे, शिक्षा निर्देशिका खारेज हुनुपर्छः सरोकारवाला

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १३ माघ ।
 विदेशी सम्बन्धन प्राप्त कलेजहरूले नेपालमा खुलेआम शैक्षिक शोषण गरिरहेको आरोप लगाउँदै सरोकारवालाहरूले त्यस्ता कलेज बन्द गर्न र विदेशी कलेज सञ्चालन निर्देशिका नै खारेज गर्न माग गरेका छन्। सोमबार राजधानीको संवाद डबलीमा पीडित विद्यार्थीको सहभागितामा अखिल (क्रान्तिकारी) ले आयोजना गरेको अन्तरक्रियामा यस्तो माग उठाइएको हो।
अखिल (क्रान्तिकारी) का अध्यक्ष बिरेन्द्र शाहले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूले शिक्षा, भ्रम र व्यापारलाई एकसाथ मिसाएर विद्यार्थी शोषण गरिरहेको आरोप लगाए। उनले विदेशी कलेज सञ्चालनका लागि बनेको निर्देशिका नै अवैधानिक भएकाले खारेज हुनुपर्ने बताए।
मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति नन्दबहादुर सिंहले नेपालमा फ्रेन्चाइज मोडलमा कलेज सञ्चालन गर्न प्रतिबन्ध लगाउनुपर्ने धारणा राख्दै शिक्षा क्षेत्रमा देखिएको समस्याको मुख्य जिम्मेवारी सरकारकै भएको बताए। युजिसी र शिक्षा मन्त्रालयकै कमजोरीले नियमन फितलो बनेको उनको भनाइ थियो।
नेकपा (बहुमत) का सचिवालय सदस्य गुणराज लोहनीले नेपालको शिक्षा नीति नै विदेशीलाई रिझाउने खालको बनेको आरोप लगाए। पीडित विद्यार्थी प्रियङ्का नेपाल र सजिना खड्काले द ब्रिटिश कलेजले झुक्याएर भर्ना गर्ने, महँगो शुल्क असुल्ने, धम्की दिने र ठगी गरेको आरोप लगाउँदै न्यायका लागि अन्तिमसम्म लड्ने चेतावनी दिए।
शिक्षा मन्त्रालयका उपसचिव पर्शुराम तिवारीले विदेशी कलेजलाई सम्बन्धन दिएर कार्यक्रम चलाउन पाउने व्यवस्था भए पनि बदमासी गर्न छुट नभएको स्पष्ट पार्दै सरकारको नियमन कमजोर रहेको स्वीकार गरे। प्रा.डा. मधुसूदन गिरीले विदेशी शैक्षिक हस्तक्षेपले देशलाई परनिर्भर बनाएको दाबी गरे।
कार्यक्रममा इपानका पूर्व अध्यक्ष पंकज जलानले सबै विदेशी सम्बन्धन कलेज खराब नभएको भन्दै नियमन र पारदर्शिता बलियो बनाउनुपर्ने बताए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न