emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भारदहमा भारतको ७७ औँ गणतन्त्र दिवस कार्यक्रम सम्पन्न 

source e-Madhesh २०८२ माघ १२ गते , सोमबार
0
Shares
138
Views
भारदहमा भारतको ७७ औँ गणतन्त्र दिवस कार्यक्रम सम्पन्न 

भूपदेव माली, 
राजविराज, १२ माघ ।
 सप्तरीको हनुमाननगर कंकालेनी नपा वडा नं १ भारदह स्थित कोशी कोलोनीमा भारतको  ७७औँ गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको छ। 
इस्वी सम्वत २०२५ बाट भारतले गणतन्त्र दिवस मनाउन थालेपछि सोही अवसर पारेर २६ जनवरीका दिन भारत सरकार मातहत रहेका भारदहको कोशी कोलोनीमा गणतन्त्र दिवस मनाएको हो।
नेपाल र भारतबीच कोशीको सम्झौता भएपश्चात् भारदहमा कोशी प्रोजेक्ट कोलोनी स्थापना भएदेखि परम्परागत रूपमा दुवै देशको झन्डोतोलन गरी दुवै देशका राष्ट्रगान गाउँदै दिवस मनाउन थालिएको छ।
दिवस मनाउने क्रममा भारत सरकारको कोशी प्रोजेक्टबाट कोशी पश्चिमी तटबन्दका मुख्य अभियन्ता (चिफ इन्जिनियर) संजीव शैलेश, कोशी बैरेजका कार्यपालक अभियन्ता मुकेश कुमार , सहायक इन्जिनियरहरू लगायत कर्मचारी हरू र नेपालको तर्फबाट हनुमान नगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझी, सशस्त्र प्रहरी बेस क्याम्प भारदहका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अइन्द्रराज नेम्वाङ तथा सशस्त्र प्रहरीका जवानहरू, इलाका प्रहरी कार्यालय भारदहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक संजय यादव तथा प्रहरी जवानहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न