emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राई–अन्सारी विशेष भेट ः कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्रा

source e-Madhesh २०८२ आश्विन ४ गते , शनिबार
0
Shares
36
Views
राई–अन्सारी विशेष भेट ः कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्रा

लिलाकान्त यादव,
काठमाडौं, ०४ असोज । 
 जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय गणतान्त्रिक गठबन्धनका संयोजक तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष, पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीबीच करिब डेढ घण्टा लामो विशेष भेटवार्ता सम्पन्न भएको छ।
भेटमा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेन्जी आन्दोलनको समीक्षा, संसद विघटनपश्चात बनेको अन्तरिम सरकार र यसले घोषणा गरेको फागुन २१ गतेको निर्वाचनबारे गहन छलफल भएको बताइएको छ। साथै आन्दोलनले उठाएका मागहरूको संवैधानिक सम्बोधन, भविष्यको राजनीतिक स्थिरता र नयाँ विकल्पबारे पनि विचारविमर्श गरिएको छ।
दुवै नेताबीच कार्यगत सहकार्यलाई सुदृढ गर्दै क्रमशः कार्यगत एकता, मोर्चा निर्माण हुँदै पार्टी एकतासम्म अगाडि बढ्ने रणनीति तयार गर्ने सहमति भएको छ। मुलुकलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी राज्यव्यवस्थाको बाटोतर्फ अघि बढाउने साझा अठोट समेत व्यक्त गरिएको छ।
नेताहरूले पहिचान, संघीयता, धर्मनिरपेक्षता र संघीय लोकतान्त्रिक गणतन्त्रजस्ता संविधानमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न वृहत् राजनीतिक शक्ति निर्माण अपरिहार्य रहेकोमा जोड दिएका छन्।
राजनीतिक वृत्तले राई–अन्सारी भेटलाई नयाँ राजनीतिक समीकरण र शक्तिशाली वैकल्पिक मोर्चा निर्माणतर्फको संकेतका रूपमा लिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान