ई-मधेश न्युज
जनकपुरधाममा अस्पताल कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन
ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, १९ भाद्र ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम” को नयाँ कार्यसमिति सर्वसम्मतिले गठन गरिएको छ।
अध्यक्षमा डा. अनिल कुमार ठाकुर, उपाध्यक्षमा डा. राजेश कुमार शाह, सचिवमा अजित कुमार तिवारी, सह–सचिवमा ई. पवन कुमार महतो र कोषाध्यक्षमा किरण यादव चयन भएका छन्। त्यस्तै, सदस्यमा डा. रमेश यादव, डा. कुन्दन मिश्र, रुबी साह, विभा कर्ण, पुनम ठाकुरलगायत रहेका छन्।
सल्लाहकार समितिमा पूर्वअध्यक्ष डा. रबिन्द्र कुमार सिंह र कानुनी सल्लाहकारमा एम.के. झा रहनेछन्। बैठकले दिवंगत कर्मचारी भोला कुमार राउतप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
नयाँ कार्यसमितिले कर्मचारीका हक–अधिकार, तलब–भत्ता र सुविधा सुनिश्चित गर्न व्यवस्थापनसँग निरन्तर संवाद गर्ने, सुरक्षित र सम्मानजनक कार्य वातावरण बनाउन योगदान गर्ने तथा बिरामीलाई गुणस्तरीय सेवा दिन प्रतिबद्धता जनाएको छ।