emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवद्वारा हरितालिका तीजका अवसरमा शुभकामना

source e-Madhesh २०८२ भाद्र १० गते , मंगलबार
0
Shares
27
Views
उपराष्ट्रपति यादवद्वारा हरितालिका तीजका अवसरमा शुभकामना

लिलाकान्त यादव,
काठमाडौं, १0 भाद्र ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हरितालिका तीज, २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
उनले तीजलाई धार्मिक आस्था, सांस्कृतिक गौरव र पारिवारिक प्रेमको अनुपम प्रतीकका रूपमा व्याख्या गर्दै नेपाली समाजलाई एकता, सहिष्णुता र आपसी सद्भावतर्फ उन्मुख गराउने पर्व भएको उल्लेख गरे ।
यादवले महिलाले श्रद्धा, समर्पण र उत्साहका साथ मनाउने तीज पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई श्रद्धा, प्रेम, आत्मबल र सामाजिक चेतनाको उत्सव भएको बताए । उनले विवाहित महिलाले पतिको दीर्घायु र समृद्धिको कामना गर्ने तथा अविवाहित कन्याले योग्य वरको कामना गर्ने परम्पराले पारिवारिक तथा सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए ।
परम्परागत गीत–संगीत, ‘दर’ खाने संस्कार र छोरीचेलीलाई माइती बोलाउने प्रथाले सामाजिक आत्मीयता बलियो बनाएको उनले स्मरण गरे । उपराष्ट्रपतिले सबै नेपालीले तीजलाई मौलिकता, मर्यादा र श्रद्धासहित मनाउँदै समाज र राष्ट्रलाई समृद्ध बनाउन योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान