emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल–भियतनाम उपराष्ट्रपतिहरूबीच द्विपक्षीय भेटवार्ता

source e-Madhesh २०८२ भाद्र ९ गते , सोमबार
0
Shares
22
Views
नेपाल–भियतनाम उपराष्ट्रपतिहरूबीच द्विपक्षीय भेटवार्ता


लिलाकान्त यादव,
काठमाडौं, ०९ भाद्र ।
नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव र औपचारिक भ्रमणमा नेपाल आइरहेकी भियतनामकी उपराष्ट्रपति वो भो थी आन्ह सुआनबीच आइतबार काठमाडौंमा शिष्टाचार भेटवार्ता भएको छ।
उपराष्ट्रपतिहरूबीच ‘वन–टु–वन’ वार्ता र उच्चस्तरीय प्रतिनिधिमण्डलसहितको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार–लगानी, पर्यटन, सांस्कृतिक आदान–प्रदान, जलवायु परिवर्तन तथा क्षेत्रीय–बहुपक्षीय संलग्नता जस्ता विषयमा छलफल भएको थियो।
उपराष्ट्रपति यादवले नेपाल र भियतनामबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको र त्यसयता मित्रता, सद्भाव र समझदारीका आधारमा सम्बन्ध सुदृढ हुँदै आएको बताए। उनले भियतनामको तीव्र आर्थिक विकास नेपालका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेकोमा जोड दिए। साथै, लुम्बिनीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप गाढा बनाएको उल्लेख गरे।
भियतनामी उपराष्ट्रपति सुआनले नेपाल र भियतनाम साझा उद्देश्यका नजिकका मित्र राष्ट्र भएको बताउँदै जलवायु परिवर्तनबारे नेपालको प्रतिबद्धताबाट आफू प्रभावित भएको भनिन्। उनले नेपालमा लगानीको वातावरण अनुकूल रहेको र कृषि, सामाजिक तथा आर्थिक क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवलाई भियतनाम भ्रमणको निम्तो दिइन्।
यस अवसरमा उपराष्ट्रपति यादवले भियतनामी समकक्षी र प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गरे। नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सवका अवसरमा भएको यो भ्रमणलाई ऐतिहासिक अवसरका रूपमा लिइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान