ई-मधेश न्युज
उपेन्द्र यादवविरुद्ध षडयन्त्रको आरोपमा राजविराजमा जसपा नेपालको आक्रोशपूर्ण प्रदर्शन
लिलाकान्त यादव,
राजविराज, ०२ भाद्र ।
सर्वोच्च अदालतले १९ वर्ष पुरानो गौर हत्याकाण्डमा छानबिन गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताले राजविराजमा सडक प्रदर्शन गरेका छन्।
सोमबार साँझ स्थानीय गजेन्द्र चौकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा कार्यकर्ताले “उपेन्द्र यादवविरुद्धको षडयन्त्र बन्द गर, षडयन्त्रकारी होसियार” जस्ता नारा लगाएका थिए।
जसपा नेपाल, सप्तरीका अध्यक्ष केदार यादवले भूमी अध्यादेश पारित नगरेकै कारण पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउने प्रयास भएको आरोप लगाए। उनले यसलाई योजनाबद्ध राजनीतिक षडयन्त्र भन्दै तत्काल सांकेतिक विरोध कार्यक्रम गरिएको र आगामी दिनमा अझ कडा संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए।
यसै गरी बोदेबरसाईन लगायत विभिन्न ठाउँमा विरोध प्रर्दशन गरेका छन ।