emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव

source e-Madhesh २०८२ चैत्र २७ गते , शुक्रबार
0
Shares
60
Views
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव

लिलाकान्त यादव,
काठमाडौं, २७ चैत ।
 रामसहाय प्रसाद यादव ले स्वास्थ्यसम्बन्धी वैज्ञानिक अनुसन्धानलाई केवल शैक्षिक अभ्यासमा सीमित नराखी राष्ट्रिय दायित्वका रूपमा लिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् द्वारा आयोजित ‘नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२औँ राष्ट्रिय शिखर सम्मेलन’ उद्घाटन गर्दै उपराष्ट्रपति यादवले प्रमाण–आधारित नीति निर्माणका लागि अनुसन्धान अपरिहार्य रहेको बताउनुभयो।
उहाँले स्वास्थ्य अनुसन्धानले रोगका कारण, उपचारका विकल्प तथा जनसंख्या–स्वास्थ्य प्रवृत्तिबारे दीर्घकालीन दृष्टिकोण प्रदान गर्ने उल्लेख गर्नुभयो। नसर्ने रोगको बढ्दो बोझ, जलवायु परिवर्तनका असर तथा सामाजिक–आर्थिक असमानताजस्ता चुनौती समाधान गर्न अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँको जोड थियो।
“परम्परागत उपचार पद्धति र आधुनिक अनुसन्धानबीच सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो, “अनुसन्धानका नतिजा केवल प्रकाशनमा सीमित नराखी नीति र कार्यान्वयनमा प्रयोग हुनुपर्छ।”
संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उहाँले वैज्ञानिक तथ्यलाई नीति निर्माणमा रूपान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो। साथै, अनुसन्धानले स्वास्थ्यकर्मी र वैज्ञानिकहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
उपराष्ट्रपति यादवले सम्मेलनले अनुसन्धान प्रणाली सुदृढ गर्दै तथ्याङ्कमा आधारित नीति निर्माणमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान