emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मैथिली भाषा सँस्कृतिमा कुन्दन मण्डलको योगदान

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
37
Views
मैथिली भाषा सँस्कृतिमा कुन्दन मण्डलको योगदान

कलाको माध्यमले मैथली भाषा संस्कृती, पहिरन , रहनसहन तथा ऐतिहासिक तथ्यहरुलाई समेटेर संसारलाई संदेश दिने कुन्दन कुमार मंडलको भुमिका अविस्मर्णिय छ । वहाँले मैथिली संस्कृती भित्रका गहनतम लोकगाथा , लोकगित , उखानटुक्का, लोकाचार आदिलाई उजागर गर्दे मैथिल समाजमा रहेका विघमान रुढिबादी प्रथा , समाजिक बिकृती न्यूनिकरण गर्दे सकारात्मक पक्षहरुलाई आम मैथिल भाषीहरुलाई अनुशरण गर्न प्रेरणा मुलक चलचित्रहरु प्रस्तुत गर्ने कार्यमा अहमभुमिका निर्वाह गरेको छ । गर्दैआएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा ३ पोर्ताहामा वि.स. २०२८ साल चैत २१ गतेका दिन जन्म भएको कुन्दन कुमार मंडल पढाइ सकिए पछि २०४६ सालबाट फोटो स्टुडियो खोलेर बस्दै आएको क्रममा २०५० सालबाट भिडियो क्षायाँङ्कन पेशालाई अपनाउदै क्रमश ः फोटो एंवम भिडियो सुटिङ्ग क्षेत्रमा आफ्नो पहिचान बनाउदै गए वहाँले २०५५ देखी २०५६ तिर जिवनको पहिलो मैथिली गिती एल्बम कमाल तोहर ओढनी मा आफना क्षायाँङ्कन गर्नै अवसर पाए र सो एल्बम सप्तरी जिल्लाको पहिलो एल्बम थियो जहाँबाट वहाँको चलचित्र यात्रा प्रारम्भ भएको भन्न सकिन्छ । २०५९ सालमा गोर गोर गाल र किय कनबै छै नेपाल माईके देशभक्ति गीतमा उत्कृष्ट क्षायाँङ्कन गर्न सफल भई २०६४ सालमा गोपीचन्द साहको प्रोडक्सनमा मैथिली फिल्म पिया भेल परदेशी लाई क्षायाँङ्कन गरी एक कुशल छायाँकारको रुपमा परिचित हुन पुगे । मण्डलले २०६५ सालमा मिथिला आर्ट प्रा. लि. फिल्म स्टुडियो दर्ता गरी स्वयम् निर्माताको रुपमा नेपालको पहिलो मैथिली टेलिसिरियल सिंङी मुङ्गरी ५२ भागमा निमार्ण गरी तराई टि.भी बाट प्रसारण गर्न लगाए । यस बिच घरबाली से घरबाला परेशान , कलियुग के शिवभक्त, प्रितक बाजी, प्रेमके दिवाना, जियब हम आहिँ के लेल जस्ता मैथिल फिल्महरु लाई क्षायाँङ्कन गरे । वहाँले प्रसिध्द गायक उदित नारायण , विरेन्द्र झा , सोनु कुमार ,संजय यादव , धिरेन्द्र प्रेमर्षी , रुपा झा संग समेत कार्य गरी मैथली भाषा क्षेत्रमा योगदान दिदै आएको छ । मण्डलले क्षायाँङ्कन मात्र गर्नु भएको होइन , वहाँले कतिपय चलचित्रहरुमा निर्देशकका कार्य र कतिपयमा सराहनीय अभिनय समेत गर्दै मैथली भाषा एवं संस्कृति विकास कार्यमा उत्कृष्ट भूमिका निर्वाह गर्नु भएको छ । सप्तरीको भारदह बाजारमा मिथिला आर्ट प्रा. लि. को कार्यलय तथा कार्यशाला राखेर बाजारमा मर्यादित ब्यक्तित्वको रुपमा भारदह बाजार ब्यवस्थापन तथा ब्यपारीहरुको संरक्षण सम्बन्धमा रहेको लक्ष्मी ब्यापार संघका अध्यक्ष पदमा समेत रहेर समाजसेवा मार्गमा निरन्तर योगदान पुर्याउँदै २०७६ साल देखी हालसम्म युट्यूबको मैथली टप, मुनचुन डिजिटल र सर मिथिला चैनलबाट कमेडीहरु ( हास्यब्यङ्ग ) निर्माण गरी प्रसारण गरी रहनु भएको छ ।

कुन्दन मण्डलले छायाँङ्कन कलामा कुशलता मात्र हाँसिल गरेको होईन, वहाँले कयौं मैथिली चलचित्रहरुमा उत्कृष्ट अभिनय र कतिपय चलचित्रहरुमा संवाद तथा निर्देशन समेत दिनु भएको छ । खासगरी मैथिल समाजमा विद्यमान रुढीवादी प्रथा र अन्धविश्वासलाई निरुत्साहित गर्ने मार्गमा मण्डलले यथेष्ट प्रयत्न गरिएको छ । समाजमा ब्याप्त परम्परागत पोशाक(पहिरन) लाई प्राथमिकता दिदै देहातमा ब्याप्त लोकाचार उखानटुक्का समेतलाई आत्मसात गरी पर्दा वा स्क्रीनमा देखाउन सकभर प्रयत्न गर्नु भएको छ ।

 


प्रस्तुत छ, कुन्दन मण्डल सँग इमधेश न्यूजका कैमरामैन मनोज यादवको साथमा भूपदेव मालीले गरिएको कुराकानी ……….हेर्नुहोस् 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा
पृथ्वी जयन्ती : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण, एकता र सार्वभौमसत्ताको सन्देश
पृथ्वी जयन्ती : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण, एकता र सार्वभौमसत्ताको सन्देश
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की