emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु

source e-Madhesh २०८२ फाल्गुन ५ गते , मंगलबार
0
Shares
5
Views
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु

उमेश कुमार यादव,
राजविराज, ०४ फाल्गुन ।
 जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबारदेखि औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका छन्।
सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका यादवले विकासका दृष्टिले पछाडि परेको मानिने डाक्नेश्वरी नगरपालिकाबाट अभियान प्रारम्भ गरेका हुन्। पार्टीका केन्द्रीय सचिव तथा क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहका अनुसार वडा नम्बर ७ को मझौरा, ब्रहम्पुर, सिंगिया तथा वडा नम्बर १ को कबिलासा, मधुबनीलगायतका गाउँहरूमा उनले घरदैलो गरेका छन्।
घरदैलोका क्रममा अध्यक्ष यादवले आम मतदातासँग भेटघाट गर्दै संविधान संशोधनमार्फत बाँकी अधिकार सुनिश्चित गर्ने र क्षेत्रीय विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले समृद्धि र समान अधिकारका लागि आफू र पार्टीलाई मतदान गर्न आग्रह गरेका छन्।
अभियानमा केन्द्रीय नेता तथा पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य तथा मधेश प्रदेशसभाका पूर्व सदस्य बिदेश्वर प्रसाद यादव (बिक्की) लगायतका नेता सहभागी भएका छन्।
सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत विष्णुपुर, रुपनी, राजगढ गाउँपालिका तथा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका समेटिएका छन्। उक्त क्षेत्रमा कुल १ लाख ११ हजार ८ सय ७१ मतदाता रहेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव