emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव

source e-Madhesh २०८२ माघ २८ गते , बुधबार
0
Shares
14
Views
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव

शम्भु यादव,
राजविराज, २८ माघ ।
 जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको ‘लाइफलाइन’का रूपमा रहेको हुलाकी सडक तीन दशकसम्म पनि निर्माण सम्पन्न हुन नसक्नुमा कांग्रेस र कम्युनिष्ट सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्।
राजगढ गाउँपालिका–३ नर्घोमा मंगलबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै उनले रणनीतिक रूपमा मधेशलाई पछाडि पार्ने काम भएको दाबी गरे। “मदन भण्डारी द्रुत मार्ग छोटो समयमै बन्छ, तर हुलाकी सडक ३० वर्षमा पनि अधुरै छ,” उनले भने, “यसको जिम्मेवारी कांग्रेस र कम्युनिष्ट सरकारले लिनुपर्छ।” भारत सरकारबाट प्राप्त रकम हुँदाहुँदै पनि सडक निर्माण अलपत्र पारिएको उनको आरोप थियो।
अध्यक्ष यादवले सुनकोसी–मरिन डाइभर्सन र बाराको अन्तर्राष्ट्रिय विमानस्थल जस्ता परियोजना पनि रोकिएको उल्लेख गर्दै मधेशका विकास आयोजना पूरा हुन नदिएको बताए। अधिकार र विकासका लागि मधेशकै शक्तिलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा

सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु

महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव

महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण

वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा

जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 

गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन

सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग