emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पौषको पुर्णिमामा लाग्ने कोशी स्नान मेला भव्य रूपमा सम्पन्न

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
18
Views

लिलाकान्त यादव,
राजविराज, २९ पौष ।
नेपालको विशाल नदी कोशीको पश्चिमी तथा पूर्वी किनाराका विभिन्न स्थानहरूमा यस वर्षको कोशी स्नान मेला भव्य रूपमा सम्पन्न भएको छ। हरेक वर्ष पौष पूर्णिमाको दिन लाग्ने यो मेला सप्तरीका विभिन्न स्थानमा उत्साहजनक सहभागितासहित सम्पन्न भयो।
सप्तरीको सप्तकोशी नगरपालिका अन्तर्गत मैग्दिन चुरिया, कंचनरुपको पथरी, झनकट्टा, मलकौर, हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहस्थित कोशी ब्यारेज, भलुवा, र हनुमाननगरमा आयोजित मेलामा हजारौं श्रद्धालु तथा पर्यटकले भाग लिए।
 सौन्दर्य र मनोरम दृश्यको प्रतीक कोशी ब्यारेज मेलामा मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा तथा भारतका सुपौल र मधुबनी जिल्लाबाट लाखौं मानिस आएका थिए।
ब्यारेजको अद्भुत बनावट, जलप्रवाहको मनोरम दृश्य, र नदीमा बोटिङ (नावमा विचरण) मेलाका मुख्य आकर्षण रहेका थिए ।
मैग्दिन चुरिया मेला मनोरञ्जनको प्रतीक मानिएको मेलामा ५० हजारभन्दा बढी मानिसको उपस्थिति रहेको थियो।
मेलामा सहभागी भएका व्यापारी र यात्रुहरूले केही समस्या झेल्नुपरेको थियो।
विशेषगरी कोशी ब्यारेजको पश्चिमी छेउमा स्थानको अभावका कारण व्यापार तथा मेलाको आनन्दमा कठिनाइ भएको थियो।
कोशी स्नान मेला धार्मिक, सांस्कृतिक, र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ। स्नान गर्न आउने श्रद्धालुहरू मात्र नभई प्राकृतिक सौन्दर्य र नदीको मनोरम दृश्यमा रमाउन चाहनेहरू पनि यो मेलाको मुख्य हिस्सा बनेका छन्।
यस वर्षको कोशी स्नान मेलामा लाखौं मानिसको सहभागिता भई मेलाको धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर ग¥यो। व्यवस्थापनको केही चुनौतीका बाबजुद, मेलाको सफल आयोजनाले कोशी क्षेत्रको सांस्कृतिक धरोहरलाई अझै प्रबद्र्धन गर्न मद्दत पु¥याएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन