emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न

source e-Madhesh २०८२ माघ १९ गते , सोमबार
0
Shares
16
Views
सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न

ईमधेश न्इूज सम्वाददाता,
काठमाडौं, १९ माघ ।
 नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ । माघ १६ देखि तीन दिनसम्म चलेको महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएका थिए । समापन समारोह भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको हो ।
समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र र चलचित्रकर्मीलाई विभिन्न विधामा अवार्ड प्रदान गरियो । राष्ट्रिय फिचर चलचित्रतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको ‘द सेक्रेट अफ राधा’ सर्वोत्कृष्ट घोषित भयो । ‘ज्वाइँ साब’ बाट जितु नेपाल सर्वोत्कृष्ट अभिनेता र ‘कोसेढुंगा’ बाट सुरक्षा पन्त सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् । सोही चलचित्रका निर्देशक सरोज पौडेल सर्वोत्कृष्ट निर्देशक बने भने ‘द सेक्रेट अफ राधा’ का लागि नरेन्द्र मैनालीले छायांकन अवार्ड पाए ।
अन्तर्राष्ट्रिय फिचर चलचित्रतर्फ भारतका निर्देशक जयन चेरियनको ‘रिदम अफ दमाम’ सर्वोत्कृष्ट ठहरियो । विभिन्न देशका चलचित्रले छोटो चलचित्र, वृत्तचित्र, महिला, बाल, मानव अधिकार, वातावरण तथा एनिमेशन विधामा अवार्ड जिते ।
महोत्सवमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मी, निर्णायक र अतिथिहरूको सहभागिता रहेको थियो । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्पन्न महोत्सवले नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र संस्कृतिलाई जोड्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव