emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

तराई मधेशमा जाडो बढ्दै गएकोले यसतर्फ स्थानीय निकायले ध्यान दिनु आवश्यक

source e-Madhesh २०८२ पुस ७ गते , सोमबार
0
Shares
106
Views
तराई मधेशमा जाडो बढ्दै गएकोले यसतर्फ स्थानीय निकायले ध्यान दिनु आवश्यक

आज तराई मधेशको सम्पूर्ण भूभागमा जाडो बढेको छ भने हुस्सु लागेको अवस्था छ। ११:०० बजेसम्म घाम उदाउने कुनै संकेत देखिएको छैन। मौसम विकराल बन्दै गएको देखिन्छ।
तराईमा अहिले कुहिरो र हुस्सु लाग्ने क्रम जारी छ । धनगढी, नेपालगन्ज, भैरहवा, जनकपुर, सिमरादेखि विराटनगर र चन्द्रगढीसम्म नै बाक्लो कुहिरो लागेको छ । अहिले तराईमा दिउँसो पनि घाम राम्रोसँग लाग्न सकेको छैन । थोरै मधुरो प्रकाश देखिए पनि आकाश पूर्ण रूपमा खुल्ने स्थिति छैन । यसले गर्दा तराईको तापक्रम पनि घट्दो क्रममा छ र जाडो बढेको छ ।
यो समयमा तराई जस्तो होचो भू–भागमा यस्तो मौसमी प्रणाली देखिनु स्वाभाविक प्रक्रिया हो । छिमेकी भारतका भूभागमा पनि यस्तै अवस्था छ । यो स्थानीय भौगोलिक र मौसमी कारणले नै विकास भएको हो , मौसमविद्को भनाइ छ।
पश्चिमी वायुको कारण मौसम विकराल भएपनि प्रदूषणको सन्दर्भमा यसले खासै ठूलो प्रभाव पारेको देखिँदैन । 
वातावरणमा जाडो बढ्दै गएका कारण जाडोबाट बच्नका लागि खासगरी वृद्धवृद्धा एवं शिशुहरुलाई जोगाउन सचेत हुनु आवश्यक छ। खासगरी विपन्न एवं दलित वृद्धवृद्धाहरुलाई न्याउन पार्न स्थानीय सरकारले न्याउनो लुगाहरू तथा इन्धनको व्यवस्था गर्ने बेला आएको छ। यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सम्माननीय उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट
सम्माननीय उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट
२२ जिल्लाको मधेश निर्माणका लागि संघर्ष जारी छ : उपेन्द्र यादव
२२ जिल्लाको मधेश निर्माणका लागि संघर्ष जारी छ : उपेन्द्र यादव
धर्मराज आदर्श स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु, फुटबलमा B टिम विजयी
धर्मराज आदर्श स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु, फुटबलमा B टिम विजयी
सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश
सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश
रुपनीमा जसपाले गापा र वडास्तरीय समितिहरू गठन
रुपनीमा जसपाले गापा र वडास्तरीय समितिहरू गठन
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय प्रतिनिधिसभा निर्वाचनमा सक्रिय
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय प्रतिनिधिसभा निर्वाचनमा सक्रिय
नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार
नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार
कांग्रेस–कम्युनिस्टकै कारण देश असहज अवस्थामा पुगेको दाबी
कांग्रेस–कम्युनिस्टकै कारण देश असहज अवस्थामा पुगेको दाबी
सप्तरी विस्फोटः सैन्य अभ्यासमा हराएको बम नै विस्फोट भएको प्रारम्भिक पुष्टि
सप्तरी विस्फोटः सैन्य अभ्यासमा हराएको बम नै विस्फोट भएको प्रारम्भिक पुष्टि
बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न
बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न