ई-मधेश न्युज
श्री जनता मावि, तरहिमा विद्यालय व्यवस्थापन समिति गठन
उमेश कुमार यादव,
राजविराज, १९ माघ ।
डाकनेश्वरी नगरपालिका स्थित श्री जनता माध्यमिक विद्यालय, तरहि मा सम्पन्न विद्यालय व्यवस्थापन समिति (एसएमसी) उम्मेदवारहरू विजयी भएका छन्।
प्रदिप चौधरी सदस्य २७६ मत, भागवत साह तेली सदस्य २७५ मत, मनिषा कुमारी सदा सदस्य २८० मत र मंजु देवी राम २८६ मत ल्याई सदस्यहरु विजय भएका छन । यसरीनै निकटम प्रतिद्धन्दीहरुमा अंजिला देवी राम २२७ मत, शोभानन्द राय २३० मत, मंजु देवी चौधरी २२८ र सुनिता देवी सदाले २२५ ल्याएका थिए ।
जितले विद्यालय प्रशासन र शैक्षिक व्यवस्थापनलाई अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ। निर्वाचित पदाधिकारीहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, पूर्वाधार विकास र विद्यार्थीहरूको हितका लागि प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस विजयलाई स्थानीय राजनीतिक परिदृश्यमा विद्यालय सुधारको दिशामा सकारात्मक संकेत भएको बताएका छन्।
नवनिर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना!