emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भोलिदेखि जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
21
Views
भोलिदेखि जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु

लिलाकान्त यादव,
काठमाडौं, १८ माघ ।
 जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक दुई दिनसम्म सञ्चालन हुने भएको छ। बैठक शनिबार (माघ १९) र आइतबार (माघ २०) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बालकुमारी मा बस्ने तय गरिएको छ।
समसामयिक राष्ट्रिय राजनीतिः हालको राजनीतिक अवस्था र पार्टीको दृष्टिकोणबारे छलफल गरिने, संगठनात्मक कार्यदिशाः पार्टी सुदृढीकरणका लागि आवश्यक रणनीति तय गर्ने, ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’ को समीक्षाः करिब ६ महिनादेखि सञ्चालन भइरहेको अभियानको बृहत् समीक्षा गरिने र केन्द्रदेखि वडास्तरसम्म अभियानको प्रभावकारिता मूल्याङ्कन गरिने बताएका छन ।
गत बैठकले पौष र माघ मसान्तसम्म अभियानको अवधि थप्ने निर्णय गरिसकेको थियो।
पार्टी पदाधिकारी र सदस्यहरूका प्रतिवेदनः
तोकिएको जिम्मेवारीअनुसारको कार्य प्रगति विवरण बैठकमा अनिवार्य रूपमा पेस गर्नुपर्ने।
मधेशकेन्द्रित दलहरूले सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेका बेला सो विषयमा विस्तृत छलफल गरिने छ ।
यस बैठकले पार्टीको संगठनात्मक सुदृढीकरण, भावी रणनीति, तथा राष्ट्रिय राजनीति सम्बन्धी महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ। साथै, मधेशको हक, अधिकार र न्याय सुनिश्चित गर्न अन्य दलहरूसँग सहकार्य गर्ने सम्भावना समेत बैठकको प्राथमिक छलफलको विषय रहनेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव