emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा धूमधामका साथ छठ पर्व सम्पन्न

source e-Madhesh २०८२ कार्तिक ११ गते , मंगलबार
0
Shares
67
Views
सप्तरीमा धूमधामका साथ छठ पर्व सम्पन्न

लीलाकान्त यादव,
राजविराज, ११ कार्तिक ।
 आस्था, श्रद्धा र अनुशासनको प्रतीक छठ पर्व आज सप्तरीमा धूमधामका साथ सम्पन्न भएको छ। आज बिहान हजारौं व्रतालुहरू जिल्लाका विभिन्न नदी, तलाउ र पोखरीहरूमा भेला भई उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रत सम्पन्न गरे।
चार दिनसम्म मनाइने यस पर्वमा महिलाहरूले परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै निर्जला व्रत बसेका थिए। सप्तरीको राजविराजस्थित भगवती पोखरी, हनुमाननगरको महासेठ पोखरी,कोशी बैरेज, सखडाको छिन्नमस्ता पोखरी, भारदहको कंकालिनी मंदिरको पोखरी, कञ्चनरुप, रुपनी, अग्निसाइर कृष्णासावरण, बोदेबरसाइन, तिलाठी कोईलाडी लगायतका ठाउँका छठ घाटहरूमा व्रती र श्रद्धालुहरूको ठूलो भीड लागेका थिए ।
सुरक्षा व्यवस्था कडा पारिएको र स्थानीय प्रशासनले घाटहरूमा विशेष निगरानी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सूर्यदेव र छठी मैयाप्रति कृतज्ञता व्यक्त गर्दै सम्पन्न भएको यो पर्वले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव