emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादव द्वारा सोनाम ल्होसारको शुभकामना

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
16
Views
उपराष्ट्रपति यादव द्वारा सोनाम ल्होसारको शुभकामना

लिलाकान्त यादव,
काठमांडौ., १७ माघ ।
नेपालका तामाङसहित विभिन्न आदिवासी जनजाति समुदायहरूले हर्षोल्लासका साथ मनाउने महान पर्व सोनाम ल्होसार को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
नेपालको विभिन्न भूभागमा बसोबास गर्ने तामाङ, ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका समुदायहरूले नयाँ वर्ष का रूपमा सोनाम ल्होसार मनाउने परम्परा रहेको छ। यो पर्वले हाम्रा मौलिक परम्परा, संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने जिम्मेवारी स्मरण गराउँछ। यस अवसरमा आयोजना गरिने मौलिक नाचगान, संगीत र परम्परागत परिकारहरू ले हाम्रो सांस्कृतिक धरोहरलाई जगेर्ना गर्दै पुस्तान्तरण गर्न सघाएको छ।
यो पर्व सामूहिकता, भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट तथा शुभकामना आदानप्रदान जस्ता परम्परागत रीतिरिवाजले भरिपूर्ण हुन्छ। आपसी मनमुटाव, राग–द्वेष, वैमनस्यता बिर्सेर सुख, समृद्धि र भाइचारा कायम गर्दै नयाँ उमंगका साथ जीवनलाई अगाडि बढाउने प्रेरणा यो पर्वले दिन्छ।
नेपालको संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानूनी राज्य लाई अंगीकार गरेको छ। हाम्रो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुवेशभूषायुक्त समाजलाई एकसूत्रमा बाँध्ने कार्य यस्ता पर्वहरूले गरिरहेका छन्।
सोनाम ल्होसार पर्वले सामाजिक एकता, मेलमिलाप, परस्पर विश्वास, सहकार्य, सम्मान र सद्भाव को भावना प्रवद्र्धन गर्दै मुलुकलाई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र समृद्धि तर्फ उन्मुख गराउन सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्दछु।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव