emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

माओवादी केन्द्रका राहुल मंडल सहित सयौं जना जसपामा प्रवेश

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
17
Views
माओवादी केन्द्रका राहुल मंडल सहित सयौं जना जसपामा प्रवेश

लिलाकान्त यादव,
राजविराज, १६ माघ ।
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वा मा आयोजित “बृहत् पार्टी प्रवेश कार्यक्रम“ मा बोल्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संगठन सुदृढीकरणका लागि देशव्यापी जनतासँग जसपा नेपाल अभियान सञ्चालन गरिएको जानकारी गराए।
उनले भने “संगठन शक्ति हुन्छ, शक्ति निर्माणका लागि जनतालाई संगठित गर्न हामी अभियानमा निस्केका छौँ।“ मधेशीसँग गद्दारी गर्ने, मधेशी समाजलाई धोका दिनेलाई पहिचान गरी बहिष्कार गर्नुपर्छ। जसपा नेपालको अभियानलाई बल पु¥याउन सबैले सहयोग गर्नुपर्ने, जसले मात्र मधेश मुक्तिको अभियान सफल बनाउनेछ।
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता राहुल मण्डलको नेतृत्वमा सयभन्दा बढी नेता तथा कार्यकर्ताहरू जसपा नेपालमा प्रवेश गरेका छन्।
उनी नेकपा माओवादी केन्द्र सप्तरी जिल्ला कमिटीका पूर्व सदस्य हुन्।
उनले हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर पदमा दुई पटक उम्मेदवारी दिएका थिए, तर दुवै पटक विजयी हुन सकेनन्।
 कार्यक्रममा जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, सचिव शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद किरण कुमारी साह, प्रदेश सांसद अनिरुद्ध प्रसाद सिंह यादव र जिल्ला अध्यक्ष केदार यादवको उपस्थिती रहेको थिए ।
नवप्रवेशीहरूलाई फूलमाला, अबिर र गम्छा ओढाएर औपचारिक स्वागत गरियो।
यस पार्टी प्रवेश कार्यक्रमले जसपा नेपाललाई मधेशमा थप सुदृढ बनाउने विश्वास गरिएको छ। जसपा नेपालको संगठन सुदृढीकरण अभियानलाई टेवा पुग्ने र मधेशको राजनीति अझ तीव्र गतिमा अघि बढ्ने आकलन गरिएको छ। 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव