emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पत्रकार मनोज माझीमाथि जनप्रतिनिधिको नेतृत्वमा आक्रमण, मोबाइलसमेत तोडफोड

source e-Madhesh २०८२ आश्विन २७ गते , सोमबार
0
Shares
29
Views
पत्रकार मनोज माझीमाथि जनप्रतिनिधिको नेतृत्वमा आक्रमण, मोबाइलसमेत तोडफोड

ईमधेश न्युज सम्वाददाता,
राजविराज, २७ असोज ।
 नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य तथा राजधानी दैनिक र प्राइम टेलिभिजनका सप्तरी संवाददाता मनोज माझीमाथि हातपात भएको छ । शम्भुनाथ नगरपालिका–११ मा सोमबार समाचार संकलनका क्रममा माझीमाथि आक्रमण भएको हो ।
पीडित पत्रकार माझीका अनुसार वडा अध्यक्ष राजा कुमार साहको नेतृत्वमा आएको समूहले समाचार संकलनका क्रममा उनीमाथि शारीरिक आक्रमण गरेको र मोबाइल फोनसमेत तोडफोड गरेको बताएका छन् ।
“म जग्गा घेराबार र भत्काइएको दृश्य कैद गर्दै थिएँ, पत्रकारको परिचय र प्रेस कार्ड देखाउँदा पनि सुनेनन्,” माझीले भने, “अदालतको फैसला कार्यान्वयन भइरहेको विषयमा समाचार संकलन गर्न गएका बेला नै जनप्रतिनिधिकै नेतृत्वमा आक्रमण हुने कुरा सोचेको थिइनँ।”
उनले आक्रोश व्यक्त गर्दै भने, “प्रहरीकै सामुन्ने मेरो माथि हातपात भयो, तर प्रहरीले मौन भूमिका खेल्यो, यो पत्रकारमाथिको असह्य अपमान हो।”
घटनापछि पत्रकार महासंघ सप्तरीले घटनाको तत्काल छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ । महासंघका पदाधिकारीहरूले पत्रकारमाथि आक्रमण प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको भन्दै दोषी जनप्रतिनिधिलाई कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरेका छन् ।
यस घटनाले पुनः पत्रकार सुरक्षाको सवाल र राज्य संयन्त्रको निष्क्रियतामाथि गम्भीर प्रश्न उठाएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ