emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय अधिवेशन स्थल निरीक्षण सम्पन्न

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
20
Views
समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय अधिवेशन स्थल निरीक्षण सम्पन्न

ईमधेश न्यूज सम्वाददाता,
रुपन्देही, १४ माघ,
 जसपा नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय अधिवेशन आगामी चैत ७ र ८ गते लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको रोहिनी गाउँपालिका–३, भकदैमा हुने भएको छ। अधिवेशनको तयारीको सिलसिलामा कार्यक्रम स्थलको निरीक्षण सम्पन्न भएको छ।
कार्यक्रम स्थल निरीक्षणमा जसपा नेपालका महासचिव रामकुमार शर्मा, केन्द्रीय सदस्य तथा युवा विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विदेश्वर यादव (विक्की), समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक रमेश यादव, सदस्य सचिव मनिष यादव, जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादव, रोहिनी गाउँपालिकाका अध्यक्ष विद्या यादव, लुम्बिनी प्रदेशका समाजवादी विद्यार्थी युनियन अध्यक्ष राहुल लगायतका नेताहरूको उपस्थिति थियो।
महासचिव रामकुमार शर्माले लुम्बिनी क्षेत्र ऐतिहासिक महत्त्व बोकेको स्थान भएकाले यस अधिवेशनले ऐतिहासिक सन्देश दिने विश्वास व्यक्त गरे। रोहिनी गाउँपालिका अध्यक्ष विद्या यादवले अधिवेशन गर्न पाएकोमा आफूलाई गौरवान्वित ठानेको बताउँदै, उनले कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याए।
जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले यसअघि जसपाका सबै कार्यक्रमहरू सफल र भव्यताका साथ सम्पन्न भएकाले विद्यार्थीको राष्ट्रिय अधिवेशन पनि अत्यन्तै सफल हुने विश्वास व्यक्त गरे। कार्यक्रम स्थलको निरीक्षण गर्न आएका सबै नेताहरूलाई धन्यवाद दिँदै उनले राष्ट्रिय अधिवेशनका लागि अग्रिम शुभकामना दिए।
राष्ट्रिय अधिवेशनमा विद्यार्थीहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। यसले पार्टीका युवा तथा विद्यार्थी नेताहरूलाई एकत्रित गर्ने मात्र नभई लुम्बिनीको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै समाजवादी आन्दोलनलाई थप सशक्त बनाउने अवसर प्रदान गर्नेछ।
अधिवेसन २०८० साल चैत्र ७ र ८ गते रोहिनी गाउँपालिका–३, भकदैमा, रुपन्देहीमा हुनेछ । 
कार्यक्रमले विद्यार्थीहरूको नेतृत्व विकास र संगठनात्मक सुदृढीकरणमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव