ई-मधेश न्युज
जसपा नेपालका डेढ दर्जन नेताकार्यकर्ता पक्राउ
काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी भएका डेढ दर्जनभन्दा बढी नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने नेताहरूमा जसपा नेपालका कार्यकारिणी समिति सदस्य एवं प्रवक्ता माननीय मनिष कुमार सुमन, माननीय किरण साह, लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले, युवा विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विक्की यादव, केन्द्रीय सदस्य बबी सिंह, शशिकपुर मिया, हंसा साह, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवाका महासचिव दिलिप पटेल, उमहसचिव रेणराज सिंह, सचिव मनिष यादव (ओम) लगायत रहेका छन्।
माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण विरोधपछि बबरमहल क्षेत्रमा पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।