ई-मधेश न्युज
‘अर्बन फाइण्डर’ले जित्यो दशौं कर्मालयको उपाधि
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०६ असार ।
नेपाल इन्जिनियरिङ कलेज द्वारा आयोजित दशौं संस्करणको कर्मालय प्रोजेक्ट प्रतिस्पर्धामा ‘अर्बन फाइण्डर’ शीर्षक परियोजनाले उपाधि हात पारेको छ।
‘विचारदेखि प्रभावसम्म’ भन्ने मूल विषयमा आधारित प्रतियोगितामा आयुष श्रेष्ठ र अभिषेक श्रेष्ठले तयार पारेको अर्बन फाइण्डर—कोठा खोज्ने डिजिटल अवधारणा—ले प्रथम स्थान हासिल गरेको हो।
दोस्रो स्थान सुलभ तिमल्सिना र आदित्य मल्लको ‘बायोचार’ प्रोजेक्टले पायो, जसले कोइलाको ब्रिकेट बनाउने समाधान प्रस्तुत गरेको थियो। बेस्ट आइडिया पुरस्कार प्याड भेन्डिङ मेसिन प्रोजेक्टले प्राप्त ग¥यो भने उत्कृष्ट पिचको उपाधि गेस्टर स्पीक ले जित्यो।
विजेता टोलीले नगद रु १०,०००, ट्रफी र प्रमाणपत्र पायो भने उपविजेताले रु ५,००० सहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो।
एक महिनासम्म चलेको यो प्रतियोगितामा सहभागीहरूलाई व्यवसायिक प्रस्तुति, वित्तीय योजना, विश्लेषणात्मक सोच र नेतृत्व विकास सम्बन्धी तालिम दिइएको थियो।
कार्यक्रमको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुभएको थियो। उहाँले युवाहरूको सीप र ज्ञानको सदुपयोग गर्दै देश विकासमा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर तथा कलेज सञ्चालक समिति अध्यक्ष जीवन खत्री, कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, नेपाल इन्जिनियरिङ परिषद्का सदस्य पोषण थापा लगायतको उपस्थिति थियो।
कार्यक्रमको आयोजना सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्टले गरेको थियो।