emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सम्पुर्ण नेपालीमा नयाँ वर्ष ई.सं. २०२५ को हार्दिक शुभकामना! -संपादकीय

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
25
Views

नयाँ वर्ष इस्वी सम्वत २०२५ को आगमनसँगै सबैको जीवनमा सुख, शान्ति, र समृद्धि छाओस् भन्ने कामना गर्दछु।
विक्रम सम्वत जस्तै नयाँ वर्षको अवसरमा हामी सिरुवा, जुडसितल पर्व तथा विभिन्न जात्राहरू मनाएर गर्दछौं। त्यसरी नै इस्वी सम्वत एउटा अन्तर्राष्ट्रिय जगतमा मान्यता प्राप्त सम्वत भएको हुनाले यो दिन पनि पिकनिक,  पार्टी आदि गरेर खुसियाली मनाउने गर्दछन्। हुन त इस्वी सम्वत भन्दा विक्रम सम्वत १७ वर्ष जेठो हो। तर इस्वी सम्वत अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाएको छ भने इस्वी सम्वत संसारका हिन्दुहरू भएको देशहरूमा मात्र सीमित रहेको देखिन्छ। 
जुनसुकै नयाँ वर्षको आगमन एउटा अवसर हो—पुराना अनुभवहरूलाई समीक्षा गर्ने, गल्तीबाट सिक्ने, र नयाँ लक्ष्यहरू राख्दै जीवनलाई नयाँ ऊर्जाका साथ अगाडि बढ्ने मार्ग प्रशस्त गर्दछ।
ईस्वी संवत् २०२४ नेपालका लागि दुःखद् घटनाक्रमहरूको वर्ष रह्यो। प्राकृतिक प्रकोप, दुर्घटना, र महान व्यक्तित्वहरूको निधनले देशलाई गहिरो चोट दियो। पूर्व उपसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाको मृत्यु, भाषाविद ज्ञानमणि नेपाल, गायक प्रकाश तिमिल्सिनाको जस्ता महान व्यक्तित्वहरूको मृत्यु भयो। भारी बाढीका कारण काठमाडौँ उपत्यका तहसनहस सँगै देशका विभिन्न भागमा गएको पहिरोमा २२४ जनाको मृत्यू र २४ जना बेपत्ता भए । सौर्य एयरलाइन्सका त्रासदीपूर्ण विमान दुर्घटनामा १८ जनाको मृत्यू र सयौं परिवारलाई अपूरणीय क्षति भयो। तर, हरेक कठिनाइले नयाँ सुरुवातको बाटो पनि देखाउँछ।
यस वर्ष, हामी दृढ संकल्पका साथ आफ्नो समाज, देश, र व्यक्तिगत जीवनलाई अझ सकारात्मक बनाउने दिशामा अघि बढ्न सक्ने अवसर प्राप्त हुने आशावादी छौं। यो वर्ष उपलब्धि सकारात्मक सोच प्रगति गर्न प्रेरणा सहित
हिमालको चिसो हावाले बल प्रदान गरून्, पहाडका हरियालीले सजीवता ल्याओस्, र तराईका फाँटहरूले प्रचुर उत्पादन गरेर सबैलाई खुशी बनाओस् , सार्थक प्रेरणा हरेक नेपालीको मनमा जागृत होस्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव