emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाली सर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डमा नोमिनेट

source e-Madhesh २०८२ वैशाख १० गते , बुधबार
0
Shares
59
Views

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १० वैशाख । नेपाली लघुचलचित्र ‘पाउलो (त्जभ क्जयभक)’ ले चीनको प्रतिष्ठित स्मलरीग अवार्ड २०२४ मा नोमिनेशन पाउने सफलता हासिल गरेको छ। विश्वभरका ३,७९१ सर्टफिल्महरूमध्ये ९८ चलचित्र छनोटमा परेका थिए, जसबाट २० फिल्म मात्र नोमिनेशनमा परेका छन्।
अवार्ड समारोह मे २३–२५ तारिखसम्म सेन्जेन सिटी, चीन मा आयोजना हुनेछ, जहाँ ‘पाउलो’को प्रदर्शनी पनि हुने छ।
यसअघि पनि ‘पाउलो’ भारत, अमेरिका, बेलायत, रसिया, र जिम्बावेका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोटमा परिसकेको छ।
निर्देशक मोहन अभिलाषीले निर्देशन र लेखन गरेका यस फिल्ममा जुत्तालाई मुख्य पात्र बनाएर सडक बालकको कथा प्रस्तुत गरिएको छ। कलाकारहरूमा प्रशान्त हुमागाईं, सुवास सिलवाल, मोहन श्रेष्ठ लगायत छन्।
पाउलोलाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको हो भने निर्माण ऐना आट्र्सको प्रस्तुति हो।
निर्देशक अभिलाषीका अन्य लघुचलचित्रहरू पनि विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भइसकेका छन्, र उनी नयाँ चलचित्रको तयारीमा छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव