ई-मधेश न्युज
सप्तरीमा चट्याङ लागेर दुई भैंसीको मृत्यु
लिलाकान्त यादव,
राजविराज, १० चैत्र ।
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोबरगाडा मा चट्याङ लागेर दुई भैंसी मरेका छन्।
आज बिहान करिब ३ः०० बजे, जयप्रकाश यादवको गोठमा राखिएका दुई भैंसी पानीसँगै आएको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो। भैंसीको अनुमानित क्षति रु. २,००,००० (दुई लाख) बराबर रहेको छ।
घटनाको जानकारी १०ः३० बजे इलाका प्रहरी कार्यालय हनुमाननगरमा पुगेपछि प्रहरी टोली खटिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।